२ चैत्र २०८२, सोमबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

पाँचथरमा खानेपानीका मुहान सुकेपछि ट्याङ्करमा निर्भर

२३ वैशाख,पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ । हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्याङ्करबाट खानेपानीको व्यवस्था गरिएको हो । ट्याङ्करमा सोही वडाको हेवाखोला छेउमा रहेको मुहानमा पानी […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिमबारे रावललाई ओलीले भने- अहिले नै हतार नगर्नुहोस्

२३ बैशाख, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् । शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पालसहित ओलीलाई भेट्न पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँगको भेटमा ओलीले हतार नगर्न निर्देशन दिएका हुन् । “श्रेद्वय अध्यक्ष कमरेडसँग उहाँकै निवास बालकोटमा […]

मुख्‍य समाचार राजनीति

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै

२३ वैशाख, काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त […]

मनोरन्जन मुख्‍य समाचार

प्रियंकाका पति निकलाई भाइरस संक्रमण, कन्सर्ट सारियो

२३ बैशाख, काठमाडौं । ग्लोबल आइकन प्रियंका चोपडाका गायक पति निक जोनस यतिबेला चर्चामा छन् । निक आफ्नो म्यूजिकल कन्सर्टका कारण चर्चामा आउँछन् । तर उनले स्वास्थ्य समस्याका कारण केही कन्सर्ट सारेका छन् । यी अमेरिकी गायकले आफ्ना फ्यानसमक्ष भिडियो सन्देशमार्फत माफी मागेका छन् । उनले आफूलाई खतरनाक भाइरसको संक्रमण भएको खुलाएका छन् । उनले […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

२३ वैशाख, डडेल्धुरा । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ […]

मुख्‍य समाचार समाचार समाज

वनमा आगो लगाएको अभियोगमा काभ्रेपलाञ्चोकमा ५ जना पक्राउ

२३ वैशाख, काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नपा–१ को […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

आगलागी हुँदा बाजुरामा तीन घर नष्ट

२३ वैशाख, बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशु चौपाया क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट […]

खेलकुद मुख्‍य समाचार

रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

२३ बैशाख, काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६ औँ पटक प्रतियोगिताको उपाधि जितेको हो । शनिवार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का गरेको हो । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम

२३ बैशाख,काठमाडौं । यस वर्ष हज गर्न जाने हजयात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ । अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली सुरु गरेको साउदीको हज मन्त्रालयले जनाएको छ । हजयात्रीलाई सुरक्षित र सहजरुपमा पुग्नका लागि यो प्रणाली लागू गरिएको पनि जनाएको छ । साउदीका हज मन्त्री तौफिक अल रबियाले आधिकारिक रूपमा […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२३ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेआइतबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारशनिवारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार […]

खेलकुद मुख्‍य समाचार

गुजरातलाई पराजित गर्दै बैंग्लुरु सातौँ स्थानमा

२३ बैशाख,काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा पछिल्ला खेलमा लगातार जित निकालेपछि रोयल च्यालेन्जर्स बेंग्लुरुको प्ले अफ सम्भावना कायमै रहेको छ । शनिबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गर्दै बेंग्लुरु (आरसीबी) तालिकाको सातौं स्थानमा उक्लिएको छ । अब बाँकी तीन खेल नै जित निकाल्न सके प्लेअफमा पुग्ने टिमकाबीचमा रस्साकस्सी हुने पक्का […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

२३ वैशाख, हुम्ला । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिम आयोजना गरिएको हो । सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका २४ युवती र दुई […]