Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

रातो कागज
1 वर्ष अघि

२३ बैशाख, काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६ औँ पटक प्रतियोगिताको उपाधि जितेको हो । शनिवार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का गरेको हो ।

त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । रियलले ३४ खेलबाट ८७ अंक जोडेको छ भने समान खेलबाट जिरोनाले ७४ अंक बनाएको छ । बार्सिलोना ७३ अंकसहित तेश्रो स्थानमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया