३१ श्रावण २०८३, आईतवार
समाचार समाज

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

२५ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश […]

कोशी समाज

उदयपुरमा चौथो माघी (तिला–संक्राईत) महोत्सव आयोजना हुने

२४ पूष, उदयपुर । उदयपुरमा चौथो माघी (तिला–संक्राईत) महोत्सव–२०८० आयोजना हुने भएको छ । संघर्षशिल युवा समुहको आयोजनामा माघ २ गते त्रियुगा न. पा. १३ स्थिति बहेडवामा महोत्सव हुने भएको हो । महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम, कलश यात्रा, थारु परिकारको स्टलहरु, उदयपुरका चर्चित थारु गायक–गायिकाहरुको प्रस्तुती तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाईएको छ । […]

मुख्‍य समाचार राजनीति

कोशीमा सभामुख चयन लगत्तै अन्त्य गरियो प्रदेशसभा अधिवेशन

२५ पुस, विराटनगर । कोशी प्रदेशसभाको चालू चौथो  अधिवेशन अन्त्य भएको छ । मंगलबार सभामुखको निर्वाचनपछि बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख प्रशुराम समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस लगतै प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् । १६ साउनमा तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुखको निर्वाचन मंगलबार भएको थियो ।  राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध सभामुख निर्वाचित भएका थिए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन […]

मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

२५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । विधान मस्यौदामाथि छलफल गर्न र चार महिने अभियानको समीक्षा गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको हो । पार्टी सचिव राम कार्कीका अनुसार बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ भने चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत […]

समाचार समाज

रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक

२५ पुस, काठमाडौं । मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ । बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो । मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । […]

समाचार समाज

बम्जनको घरमा भेटियो पैसाको चाङ

२५ मंसिर, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ […]

बैंक–वित्त

चिसो बढेपछि महोत्तरीका सामुदायिक विद्यालय बन्द

२५ पुस, जलेश्वर (महोत्तरी । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ–मुग्लिन सडक ३ साता बन्द हुँदै

२५ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ […]

समाचार समाज

तनहुँमा जिप पल्टिँदा २ जनाको मृत्यु, १० जना घाइते

२५ पुस, काठमाडौं । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा घाइते भएका १२ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपुरको बौदीकाली […]

राजनीति समाचार समाज

संसदीय समितिले सरकारसँग माग्यो सन्धि सम्झौताको पूर्ण विवरण

२५ पुस, काठमाडौं । संसदको कानुन न्याय तथा मानव अधिकार समितिले सन्धि ऐनले किटान गरेअनुसारका नेपाल पक्ष राष्ट्र पक्ष भई गरेका सन्धि सम्झौताहरुको सम्पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । यसको समय अवधि भने तोकिएको छैन । समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर छलफल गरेको थियो । भारतीय विदेशमन्त्री एस जयशंकरले यही […]

मनोरन्जन

‘चित्रा’ फिल्मको प्रिमियर सम्पन्न, फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति

२५ पुष, काठमाडौं । सोमबार काठमाडौंमा डेब्यू अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’ फिल्मको प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । फिल्मको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे […]

समाचार

रामबहादुर बम्जन बूढानीलकण्ठबाट पक्राउ

२४ पुस, काठमाडौँ । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । । कडायतले भने, ‘विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट […]