२५ श्रावण २०८३, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

म्याग्दीको मङ्गलामा ‘लिफ्ट’प्रविधिको सिँचाइ आयोजना निर्माण

१४ असार, म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जिल्लामा पहिलोपटक ‘डिपबोरिङ’प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले डिपबोरिङ, लिफ्ट, भूमिगत र भूसतही प्रविधिको संयोजन गरिएको आयोजनाको परीक्षण सफल भएको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीका डुबान क्षेत्रमा उच्च आवासगृह निर्माण

१४ असार, कैलाली । जिल्लाको भजनी नगरपालिका–३ का विष्णु चौधरीलाई बर्सेनि बाढी र डुबानका कारण विस्थापित भएर हुलाकी सडकमा आश्रय लिनुपर्ने बाध्यता छ । बर्खा सुरु भएपछि विष्णुजस्ता सयौँ परिवारका लागि बाढी र डुबानबाट विस्थापित भएर सडकमा आश्रय लिनु बाध्यता हो । पटकपटक बाढीको जोखिमबाट छुटकाराका लागि हारगुहार गरिरहेका विष्णुलाई यस वर्ष हुलाकी सडक छेउमा […]

मुख्‍य समाचार समाचार समाज

चाँदीको मण्डपसहित गहवामाईको रथयात्रा हुँदै

१४ असार, वीरगञ्ज । यहाँको प्रसिद्ध गहवामाईको रथयात्रा यही असारको २३ गते हुने भएको छ । गहवामाईको नवनिर्मित मन्दिरको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने रथयात्रामा भारतसहित मधेस प्रदेशका एक लाखभन्दा धेरैको सहभागिता रहने गहवामाई रथयात्रा समितिले जनाएको छ । समितिका अध्यक्ष श्याम पोखरेलले रथयात्राको तयारी अन्तिम चरणमा पुगेको बताए । “हामीले गत वर्षदेखि गहवामाईको रथयात्रा […]

खेलकुद मुख्‍य समाचार

कोपा अमेरिका : घरेलु टोली अमेरिका पराजित

१४ असार ,काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार विहान सकिएको खेलमा अमेरिका पानामसँग २–१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ । जर्जियामा भएको खेलमा घरेलु टोली अमेरिका १८ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । टिमोथी वेहले फल गरेपछि […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

१४ असार, काठमाडौँ । कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी

१४ असार, झापा । कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ । “राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ”,उनले त्यसबेलाको घटना सम्झिँदै भन्नुभयो, “हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौँ”,सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर […]

मनोरन्जन मुख्‍य समाचार

नेपाली डकुमेन्ट्री ‘देवी’ले न्युजिल्याण्डमा जित्यो उत्कृष्ट अवार्ड

१४ असार  ,काठमाडौं । न्युजिल्यान्डको डकएज फेस्टिभलमा छनोट भएको नेपाली डकुमेन्ट्री ‘देवी’ले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट अवार्ड जितेको छ । ६ वटा क्याटेगोरीमा प्रतिस्पर्धा गरेको उक्त डकुमेन्ट्री पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेकी हुन् । न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको फेस्टिभलमा ६६ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा थिए । देवी ६ वटा विधामध्ये […]

मुख्‍य समाचार समाचार समाज

नागार्जुनको कल्भर्टमा कार खस्दा चालकको मृत्यु

१४ असार, काठमाडौँ । स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती […]

मुख्‍य समाचार समाज

देशभर मनसुन सक्रिय हुनसक्ने, केही स्थान ‘रेडजोन’मा

१४ असार ,काठमाडौं । आगामी केही दिनमा मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ मनसुन सक्रिय हुनेछ । मनसुन भित्रिएको आधा महिनापछि देशभर एकसाथ सक्रिय हुने देखिएको हो । जसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको महाशाखाले […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा बैठक बस्दै, दुईवटा विधेयक पारित गर्ने तयारी

१४ असार, काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज(शुक्रबार) ११ बजे बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफलका लागि पेस गर्नेछन् […]

मधेश मुख्‍य समाचार

धनुषामा धान रोपाइँ सुरु, मल अभाव

१३ असार, जनकपुरधाम धनुषा : केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ सुरु भएको छ । जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव रहेको गुनासो आइरहेको छ । असार लागेसँगै जिल्लाका कतिपय किसानले मल बिना नै धान रोपाइँ गरिरहेका छन् । यो समस्या प्रतिवर्ष जस्तै रहेको भन्दै हालसम्म […]

मुख्‍य समाचार

एसइई नतिजा : ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, गणितमा बढी अनुत्तीर्ण

१३ असार ,भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उतीर्ण […]