२ चैत्र २०८२, सोमबार
अर्थ समाज

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो

२३ वैशाख, काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो । ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किबेच भएको छ । यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो । गत बिहीबार […]

मुख्‍य समाचार समाचार समाज

कीर्तिपुरमा बस दुर्घटना, एक जनाको मृत्‍यु

२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी  दिनेशराज मैनालीले बताए । उनका अनुसार बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । […]

मुख्‍य समाचार राजनीति

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

२३ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् । ६० सदस्यीय प्रदेश […]

मुख्‍य समाचार समाचार समाज

जापानी विदेशमन्त्री खामीखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन

२३ वैशाख, काठमाडौँ । नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्री खामीखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् । उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिइन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् । […]

मुख्‍य समाचार सूचना प्रविधि

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप

२२ वैशाख, वासिङ्टन । सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ । विगतमा सामसुङको ग्यालेक्सी स्टोरमा मात्र उपलब्ध यो एप अब एन्ड्रोइडका सबै प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने जीएसएम एरेनाले जनाएको छ । सामसुङले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्ना एपहरूको पहुँच गर्न थप लचकता […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

कोरला नाकामा विद्युत् विस्तार

२३ वैशाख, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ । समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोरला नाकामा यसअघि विद्युत् लाइन पुगे पनि ट्रान्सफर्मर जडान र वितरण नहुँदा सेवा पुगेको थिएन । मुस्ताङसमेत कार्यक्षेत्र भएको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले […]

मुख्‍य समाचार समाज

सीप मेलामा दश हजार बढीको आवेदन

२३ वैशाख,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् । कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई […]

अर्थ प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

२३ वैशाख, बाँके । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडिबुटी निकासी भएको नेपाल जडिबुटी व्यवसायी सङ्घले जनाएको छ । जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माका अनुसार […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

अत्तरियाको बौराहामा पुल बनेपछि खुसी छन् स्थानीय

२३ वैशाख, अत्तरिया । कैलालीको घोडाघोडी नगरपालिका–२ चितालपुरस्थित बौराहा नदीमा पुल बनेपछि स्थानीय खुसी भएका छन् । प्रदेश सरकारको चालु आर्थिक वर्षको रु सात करोड १९ लाख २९ हजार आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालय कैलालीमार्फत पक्की पुल निर्माणपछि स्थानीय खुसी भएका हुन् । वडा नं २ का अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले वर्षौसम्म जोखिमपूर्ण यात्रा गर्न बाध्य […]

मुख्‍य समाचार सूचना प्रविधि

सूचना प्रविधिका नयाँ आयाम र चुनौती

२३ वैशाख,काठमाडौँ । प्रसिद्ध पुस्तक ‘फ्रि स्पिचः टेन प्रिन्सिपल्स् फर अ कनेक्टेड वल्र्ड’ का लेखक टिमोथि गार्टन एस् विश्वमा मानिसको सङ्ख्याभन्दा मोबाइल फोनको सङ्ख्या धेरै भएको उल्लेख गर्दै भन्छन्, “आजभोलि, हामी सबै मानिस एकापसमा छिमेकी भएका छौँ ।” सन् २०१६ मा प्रकाशित सोही पुस्तकमा सूचना प्रविधिको आधुनिक विकास र प्रभावबारे एस् लेख्छन्, “फ्रान्सले गर्ने कुनै […]

मुख्‍य समाचार राजनीति

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

२३ वैशाख, काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशीलभएर काम गर्न प्रतिबद्ध रहेको बताएकाछन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापनादिवसकाअवसरमा आइतबार यहाँआयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हकका र्यान्वयनमा विशेष ध्यान दिएको बताए। उनले भने, ‘सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षाका र्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । निकै ठूलो मेहनेत र […]

मनोरन्जन मुख्‍य समाचार

अभिनेता श्रेयसको दाबी : कोरोना भ्याक्सिनले हृदयघात भयो

२३ वैशाख , मुम्बई। बलिउड अभिनेताश्रेयस तलपडे चाँडै कमेडी फिल्म ‘वेलकम टू द जंगल’मा देखिँदैछन् । यो फिल्मप्रति दर्शकको चासो निकै छ । यो फिल्ममा अभिनेता अक्षयकुमारसहित कैयौं कलाकारको अभिनय छ । गतवर्ष श्रेयसलाई हृदयघात भएको थियो । उनलाई हृदयघात भएपछि फ्यानहरुले स्वास्थ्यलाभको कामना गरेका थिए । यही बीचमा श्रेयसले आफूलाई कोरोना भ्याक्सिनका कारण हृदयघात […]