२५ श्रावण २०८३, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

१४ असार, युक्रेन । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गरे । आक्रमण बिहान ४ : ३५ मा भएको बताउदै आगलागी सानो भएकाले यसलाई यसलाई छिटै नियन्त्रण गरिएको तथा आगलागीबाट मानिसहरूमा केही असर नपरेको मध्य रूसको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

१४ असार, इरान । इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ । स्थानीय समयअनुसार बिहान ८ : ०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।मतदान केन्द्रहरू १० घण्टाका लागि खुला रहनेछन्, यद्यपि अधिकारीहरूले विगतका चुनावहरूमा जस्तै […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’

१४ असार, बागलुङ । लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ । नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो । शक्तिशाली राज्य सञ्चालन भएको ऐतिहासिक स्थलको रुपमा रहेको गलकोटको कोतघर नेपाली सेनाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी गलकोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ । गलकोट–३ स्थित […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति

समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली

१४ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुनुहुन्छ । विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान समसामयिक राजनीतिका एक शीर्ष नेता पनि हुनुहुन्छ । शुक्रबार परेको जननेता स्वर्गीय मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीको अवसर पारेर भण्डारीको व्यक्तित्व, उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय […]

मुख्‍य समाचार समाचार

रामेछापमा मदन भण्डारीको स्मरण

१४ असार , रामेछाप । मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन रामेछापले मन्थलीले उनको स्मृतिमा कार्यक्रम आयोजना गरेको छ । फाउण्डेसनको आयोजनामा मन्थलीमा मदन–आश्रित चोकमा रहेको स्वर्गीय नेताहरू मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गरिएको छ । फाउण्डेसनको अध्यक्ष एवं नेकपा एमाले रामेछापमा सचिव प्रकाशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

१४ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

मुख्‍य समाचार राजनीति समाचार

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

१४ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए । “हजारौँ सहिद, बेपत्ता योद्धा र लाखौँ क्रान्तिकारी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

सिरहामा रासायनिक मलको पर्याप्त मौज्दात

१४ असार, सिरहा । यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो । जिल्लामा आवश्यक रासायनिक मल तीन किस्तामा वितरण भइरहेको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ । […]

मुख्‍य समाचार राजनीति समाचार

देशमा केही पनि भएन भन्ने भाष्य गलत : प्रधानमन्त्री

१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् । शुक्रबा।र जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्दत रहेको उल्लेख गरे […]

मुख्‍य समाचार समाज

रामेछापको खिम्ति बिर्तामा बस दुर्घटना, १० जना घाइते

१४ असार ,रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट काठमाडौं आउँदै गरेको गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार बस सडकबाट तल खसेर रुखमा अडिएको छ […]

मुख्‍य समाचार समाचार समाज

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

१४ असार, काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर  भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोक बासी गएराति वर्षाको बेला भूकम्प  गएपछि  त्रसित भएका थिए […]

अर्थ मुख्‍य समाचार समाचार समाज

पशुपति सेभिङका सञ्चालकहरुविरुद्ध ५७ करोड रकम अपचलन गरेको उजुरी सीआईबीमा

१४ असार, काठमाडौँ । पशुपति सेभिङ एन्ड क्रेडिटका सञ्चालकहरु विरुद्ध बचतकर्ताले सीआईबीमा जाहेरी दर्ता गराइरहेका छन् । ललितपुरमा मुख्य कार्यालय भएको पशुपतिका पूर्व अध्यक्ष सीबी लामा अहिले कारागारमा छन् । उनलाई कारागारबाट झिकाएर अनुसन्धान गरिने सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । आफ्नो बचत फिर्ता नपाएको भन्दै २६७ जना बचतकर्ताले पशुपति सेभिङका सञ्चालकहरुबिरुद्ध जाहेरी दर्ता […]