१९ जेष्ठ २०८१, शनिबार
मनोरन्जन मुख्‍य समाचार

अभिनेता श्रेयसको दाबी : कोरोना भ्याक्सिनले हृदयघात भयो

२३ वैशाख , मुम्बई। बलिउड अभिनेताश्रेयस तलपडे चाँडै कमेडी फिल्म ‘वेलकम टू द जंगल’मा देखिँदैछन् । यो फिल्मप्रति दर्शकको चासो निकै छ । यो फिल्ममा अभिनेता अक्षयकुमारसहित कैयौं कलाकारको अभिनय छ ।

गतवर्ष श्रेयसलाई हृदयघात भएको थियो । उनलाई हृदयघात भएपछि फ्यानहरुले स्वास्थ्यलाभको कामना गरेका थिए । यही बीचमा श्रेयसले आफूलाई कोरोना भ्याक्सिनका कारण हृदयघात भएको दाबी गरेका छन् । उनको दाबीले सबै चकित छन् ।

‘म मदिरा सायद महिनामा एक पटक पिउँछु । धुम्रपानगर्दिनँ । मेरो कोलेष्ट्रोल केही बढेको थियो । अहिलेको दिनमा यो सामान्य छ । यी कुराका लागिमैले औषधि लिइरहेको थिएँ, जसको असर निकै राम्रो देखिन थालेको छ । म आफ्नो खानपानमा ध्यान राख्छु ।मलाई कुनै समस्या छैन ।

त्यसो भए हृदयघातको कारण के हुनसक्छ । यति प्रतिबन्धका बाबजुद पनि हृदयघात हुनु केही कारण त होला,’उनले भनेका छन् । उनले कोभिड भ्याक्सिन लगाएपछि शरीरमा केही परिवर्तनको अनुभव भएको बताए । ‘म यो कुरालाई गलत मान्दिनँ । कोभिड भ्याक्सिन पछि ममा केही थकानको अनुभव भयो । यसमा सत्यता हुनसक्छ र म सिद्धान्तलाई नकार्न सक्दिनँ ।

हुनसक्छ कि यो कोभिड या भ्याक्सिनहो, तर यो जोडिएको त छ ।हालैमात्र एक रिपोर्ट बाहिर आएका थियो कि कोभिड भ्याक्सिन लगाएपछि मानिसहरुलाई हृदयघात भएको थियो । मलाई पनि त्यही नहोला भन्न सकिन्नँ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्