१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

२३ वैशाख, काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशीलभएर काम गर्न प्रतिबद्ध रहेको बताएकाछन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापनादिवसकाअवसरमा आइतबार यहाँआयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हकका र्यान्वयनमा विशेष ध्यान दिएको बताए।

उनले भने, ‘सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षाका र्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । निकै ठूलो मेहनेत र संघर्षबाट प्राप्तभएको नागरिकको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्वहो, यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ ।’

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठसय शैया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तनक्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए।

उनले भने,‘सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैय्याको १० प्रतिशतबिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्कउपचारका लागि कार्यान्वयनमा ल्याउनपहल गरिएको छ,यस्ता कामहरूले स्वास्थ्य क्षेत्रकाअधिकार ब्यावहरमा कार्यान्वयन गर्नका लागिआधारभूत अर्थ राख्दछन् ।’

संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्तगर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्या‍उन राज्यको प्रमुखदायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउनआफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए।

आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवाप्रवाहलाई प्रभावकारी बनाउन पहललिएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमाल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने लगायतका कार्यलाई प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्