२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

कांग्रेसको निष्कर्ष : गृहमन्त्रीले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरे

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । बुधबार बसेको कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीको बैठकमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री रवि लामिछानेलाई उनीविरुद्ध कुनै उजुरी÷जाहेरी, अनुसन्धान र अभियोजन नभएको भनी दिएको पत्रबारे पनि छलफल भएको थियो । बैठकमा प्रमुख सचेतक रमेश लेखकले मंगलबार सभामुख देवराज […]

मुख्‍य समाचार राजनीति

निजामती सेवा ऐनको नाम फेर्ने प्रस्ताव, ६ नयाँ नाम प्रस्तुतगगन थापा र राजेन्द्र पाण्डे

२६ वैशाख, काठमाडौं । सांसदहरूले निजामती सेवा ऐनको नाम फेर्ने प्रस्ताव गरेका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा संशोधन प्रस्ताव राख्दै सांसदहरूले नाम फेर्ने प्रस्ताव राखेका हुन् । सांसदहरूले विभिन्न ६ वटा नयाँ नामसमेत प्रस्तुत गरेका छन् । प्रस्तावित नयाँ नाममा ‘सार्वजनिक सेवा ऐन, […]

मुख्‍य समाचार राजनीति

अब अतिरिक्त हुलाक रहँदैनन् : सञ्चारमन्त्री शर्मा

२६ वैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक क्रमशः खारेज गरिने बताएकी छिन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने भनिए पनि त्यहाँ रहेका कामदार क्रमशः अवकाश हुँदै जाने र त्यो पद स्वतः खारेज हुने नीति लिइएको बताइन् । […]

खेलकुद मुख्‍य समाचार

यू–१९ भलिबल च्याम्यिनसिप आयोजना हुँदै

२६ वैशाख, काठमाडौं । नेपाल भलिबल संघ र सहाना प्रधान प्रतिष्ठानको संयुक्त आयोजनामा यू–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेल भलिबलको विकास, विस्तार र सम्मान गर्न प्रतियोगिता आगामी असार १ देखि १५ गतेसम्म हुने जानकारी दिइएको हो । खेलहरु राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ […]

मुख्‍य समाचार राजनीति समाज

संघीय निजामती विधेयकमा १५८३ वटा संशोधन प्रस्ताव

२६ वैशाख, काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ । गत २१ फागुन २०८० मा दर्ता भएको विधेयकमाथि २१ चैतमा प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएपछि संशोधनका लागि समय खुला भएको थियो । सांसदहरुले सैद्धान्तिक छलफल सकिएपछि ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गरेका थिए । संसद सचिवालयको विधेयक शाखाले सांसदहरुबाट […]

मुख्‍य समाचार

सर्वोच्चमा कानुन दिवसको चियापान, राष्ट्रपतिसँगै उच्चपदस्थ सहभागी

र्वोच्चमा कानुन दिवसको चियापान, राष्ट्रपतिसँगै उच्चपदस्थ सहभागीकाठमाडौं । सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । अदालतमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । उनलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वागत गरे । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, […]

मुख्‍य समाचार राजनीति

संसदीय छानबिन समिति नबने संसद् चल्न नदिने कांग्रेसको अडान

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताको बैठकले संसदीय छानबिन समिति बनाउने पूर्वअडान कायम राख्ने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए । ‘संसद अधिवेशन सरकार चलाउने गरी आउँछ […]

मुख्‍य समाचार

दार्चुला भ्रमणः संसदीय टोली अचानक रोकियो, गृह सचिव र महानिरीक्षक पुगेर फर्किए

२६ वैशाख, काभ्रेपलाञ्चोक । दार्चुला जाने अन्तिम तयारी भैसकेको संसदीय टोली अचानक भ्रमण स्थगित भएपछि निकट भविष्यमा जाने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले उच्च तहको प्रतिनिधित्व हुनेगरी दार्चुला क्षेत्रको स्थलगत अध्ययन अवलोकन भ्रमणको तयारी गरेको थियो । तर भ्रमणका लागि निर्धारित मिति पटक पटक गरी पाँच पटक सरेर अन्तिम समयमा स्थगित भएपछि बजेट […]

मुख्‍य समाचार समाज

वीरमा दाँत उपचार गराउँदै प्रधानमन्त्री

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् । बुधबार दिउँसो उनले वीर अस्पतालमा दाँतको उपचार गराएका हुन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार अस्पतालकी चिकत्सक डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको उपचार गरेको छ ।

मुख्‍य समाचार समाचार समाज

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

२६ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमार्फत एक नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । भक्तपुरको भक्तपुर नगरपालिका-४ काहालान्च घर भई एक निजी विद्यालयमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन् । २४ गते पक्राउ परेका शिक्षकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको […]

मुख्‍य समाचार समाचार समाज

काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम

२६ वैशाख, काभ्रेपलाञ्चोक । आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिङ्गटा लागेर भूइँमा पछारिए । धेरैबेरसम्म होश खुलेन । होस खुल्दा घर सम्पूर्ण रुपमा भष्म भइसकेको थियो । पचास वर्षीय लामाको जीवनमा ठूलै बज्रपात लागेको थियो । लामा जलेको घर नियाल्न तेस्रो दिनसम्म पनि सामूहिक टेण्टको बसाईबाट चियाइरहन्थे। अब कसरी परिवारलाई […]

मुख्‍य समाचार समाचार समाज

त्रिभुवन विमानस्थलभित्र भेल पस्यो, यात्रु र कर्मचारीलाई सास्ती

२६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासी भेल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ । विमानस्थल प्रवक्ता सुवास झाका अनुसार पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको हो। उनले रातोकागजसँग भने, ‘विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थान छ । एक्कासी ठूलो पानी पर्‍यो […]