६ जेष्ठ २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

त्रिभुवन विमानस्थलभित्र भेल पस्यो, यात्रु र कर्मचारीलाई सास्ती

२६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासी भेल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ ।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको हो।

उनले रातोकागजसँग भने, ‘विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थान छ । एक्कासी ठूलो पानी पर्‍यो र ड्रेनेज थुनिएपछि विमानस्थलभित्र भेल पसिहाल्यो । ‘  उनले भेल पस्ने  ठाउँ दुई वटा भवनको बीचको भाग रहेको र यहीबाट पानी लिकेज भएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्