२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति

कांग्रेसको पदाधिकारी बैठक बस्दै

१७ असार ,काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि दिउँसो ३ बजे बैठक बस्न लागिएको हो । सभापति देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ । सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाएका हुन् ।

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

१७ असार, बागलुङ । बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो ।  नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो । कालीगण्डकी नदी र करिडोरको नजिकै रहेको सय रोपनीभन्दा बढी जमिनमा औद्योगिक ग्राम बनाउने […]

खेलकुद मुख्‍य समाचार

स्पेन र इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

१७ असार ,काठमाडौं । स्पेन र इंग्ल्याण्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको राउन्ड अफ सिक्सटीनको खेलमा जर्जियाविरुद्ध ४–१ गोलको जित दर्ता गर्दै स्पेनले अन्तिम ८ मा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक एक गोल गरे । १८ औं मिनेटमा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

१७ असार, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सुर्खेतमा पहिरोले पुरिँदा एक बालकको मृत्यु

१७ असार, सुर्खेत भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको […]

अर्थ मुख्‍य समाचार

यस्तो रहेको छ, आज विदेशी मुद्राको विनिमय दर

१७ असार  ,काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सोही अनुसार आज, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३२ पैसा र बिक्री दर १६९ रुपैयाँ ०८ […]

खेलकुद मुख्‍य समाचार समाचार

भेनेजुएला कोपाको अन्तिम ८ मा

१७ असार, काठमाडौं । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार विहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो । टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बरबारी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो । भेनेजुएलालाई एडवार्ड बेलोले ४९ औं मिनेटमा […]

मुख्‍य समाचार समाचार सूचना प्रविधि

ग्रे मोबाइल कारोबार बन्द गर्न र मार्जिन बढाउन माग

१७ असार, काठमाडौ । मोबाइल फोन इम्पोर्टर एसोसियसनका अध्यक्ष दिपक मलहोत्राले नेपालमा अबैध तरिकाबाट भंसार छलेर भित्रिएका मोबाइल (ग्रे फोन)को कारोबार बढेको बताएका छन्। मोबाइल ब्यवसायी महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई नगरकोटमा सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षसमेत रहेका मलहोत्राले ग्रे मोबाइलले बजारको ठूलो हिस्सा ओगटेको र त्यसले देशको राजश्वमासमेत नकारात्मक असर […]

कोशी गण्डकी बागमती मुख्‍य समाचार सुदूरपश्चिम

आजको मौसम, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

१७ असार ,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका धेरै स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ । यसको साथै, कोशी, बागमती र गण्डकी प्रदेशका […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीलाई ओलीको सुझाव : नियुक्ति, सरुवा, बढुवातिर नलाग्नुहोस

१६ असार ,काठमाडौँ । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताए । आइतबार काठमाडौँमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको समृद्धिको आधार ःसम्मानित किसान र कृषिमा रुपान्तरण नीति सम्वाद कार्यक्रममा उनले प्रधानमन्त्रीलाई सानातिना नियुक्ती, सरुवा, बढुवातिर नअल्झिन सुझाव दिएका हुन् । नीतिगत सुधारका लागि ठोस […]

मुख्‍य समाचार राजनीति समाचार

रोजगार मेलामा १७ हजार ९२१ जनाले जागिरका लागि दिए आवेदन

१६ असार ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक सार्वजनिक […]

मुख्‍य समाचार राजनीति समाचार

आलो घाउका कारण ओलीजी महाधिवेशनमा आउनुभएन : अध्यक्ष नेपाल

१६ असार ,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तीन वर्षको घाउ अझै आलो भएकै कारण एमालेका अध्यक्ष केपी ओली महाधिवेशनमा नआएको बताएका छन् । आइतबार आफ्नो पार्टीको दशौं महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले एमालेका अध्यक्ष केपी ओलीलाई दश पटक फोन गर्दा नलागेपछि पीएहरुलाई म्यासेज पठाउँदासम्म महाधिवेशनमा नआएको भन्दै तीन वर्षको घाउ आलो […]