२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

१८ असार , काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारीमा दुई दलका शीर्ष दुई […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

भरतपुरमा ‘बाल उमङ्ग बीमा’कार्यक्रम

१८ असार, चितवन । भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९-८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो । महानगरको स्वास्थ्य तथा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

१८ असार, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष […]

खेलकुद मुख्‍य समाचार

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

१८ असार , काठमाडौं । फ्रान्स र पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियम र पोर्चुगलले स्लोभेनियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत फ्रान्सको जितमा भने उपहार गोल नै पर्याप्त भयो । बेल्जियमका जन भेर्टोङ्गेनले आत्मघाती गोल गरेपछि त्यसको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ

१८ असार, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो । बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

१८ असार, बागलुङ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक […]

मुख्‍य समाचार राजनीति

सत्ता सहकार्य गर्न कांग्रेस–एमालेबीच सहमति : ओली प्रधानमन्त्री बन्दै, कांग्रेसलाई गृहसहित १० मन्त्रालय

१८ असार , काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सोमबार मध्यरातमा सत्ता सहकार्यका कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन् । सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेर बहादुर देउवा […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

कैलालीमा विपद् व्यवस्थापनमा अन्तरपालिका अनुभव आदानप्रदान

१८ असार, कैलाली । विपद् व्यवस्थापनका लागि कैलाली र बर्दियाका पालिकाबीच असल अभ्यास आदानप्रदान भएका छन् । कैलालीको टीकापुरमा भएको कार्यक्रममा टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकाका विपद् शाखा संयोजक लगायतका प्रतिनिधि सहभागी थिए । टीकापुर नगरप्रमुख रामलाल डगौरा थारूको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाले गरेका असल अभ्यास, एकअर्काका सिकाइ आदानप्रदान गरिएको थियो । […]

अर्थ मुख्‍य समाचार

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

१८ असार , काठमाडौं । नेपाल राष्ट्र बैंकले मंललबारका लागि विदेश िमुद्राको विनिमय दर कोतेको छ । राष्ट्र बैंकका अनुसार, मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८२ रुपैयाँ रहेको छ […]

मुख्‍य समाचार समाज

मौसम विभागले भन्यो– ६ प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू

१८ असार , काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मंगलबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले सचिवालय बैठक बस्दै

१८ असार, काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताएका छन् ।

मुख्‍य समाचार समाज

तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्ला मच्चिंदा…

१७ असार , काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा सनसनी मच्चिएको छ । सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि तारा एअरले विज्ञप्ति नै निकालेर प्रष्टिकरण दिनुपरेको छ । ‘आज मिति २०८१।०३।१७(जुलाइ ०१, २०२४)का दिन केही अनलाइन पत्रिका […]