२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाचार समाज

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

१७ असार, काठमाडौँ । वाग्मती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । यहाँका स्थानीयवासी खानेपानीका लागि ढुङ्गेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन् […]

मुख्‍य समाचार समाज

प्रयोगमा नआइ खण्डहर बन्दै तीन करोडको दलित आवास भवन

१७ असार , सिरहा । गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ मा निर्माण गरेको ‘दलित नमूना बस्ती’ (दलितका लागि आवास भवन ) अहिलेसम्म प्रयोगमा आएको छैन । दलित आवासका लागि भनेर नेपाल सरकारको तराइ मधेस समृद्धि कार्यक्रमको २ करोड ५० लाख सहयोगबाट १५ वटा घर निर्माण गरिएको थियो । ती घरहरुमा जम्मा ९० कोठाहरु छन् । […]

मुख्‍य समाचार राजनीति

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री

१७ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विदेशिने युवा, विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । “युवा, विद्यार्थी विदेश जानुपर्ने […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

फ्रान्सको पहिलो चरणको निर्वाचनमा दक्षिणपन्थी दलको अग्रता, म्याक्रो तेस्रो स्थानमा

१७ असार, काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ । यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक पुर्‍याएको छ । प्रवासी विरोधी नेशनल रेलीका नेता मरिन ले पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्मानुअल म्याक्रो गुट तहसनहस भएको बताएकी छन् […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

दक्षिण अफ्रिका : राष्ट्रपति रामाफोसाद्वारा गठबन्धन सरकार गठनको घोषणा

१७ असार, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विभिन्न राजनीतिक दलका मन्त्रीहरू सम्मिलित नयाँ राष्ट्रिय कार्यकारी मन्त्रीमण्डलको आइतबार घोषणा गरेका छन् । प्रमुख विपक्षी दलले थप मन्त्रीपदको माग गरेपछि लामो वार्ता लगभग असफल भएको अनुमानहरू भइरहेका समय राष्ट्रपति रामाफोसाले अन्ततः लामो समयदेखि प्रतिक्षा गरिएको संयुक्त सरकार गठन प्रस्तावको घोषणा गरेका हुन् । गत […]

मुख्‍य समाचार समाचार समाज

बिहीबारसम्म मनसुन थप सक्रिय हुने,

१७ असार, काठमाडौँ । देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग-सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

मध्यवर्ती सामुदायिक वनमा बाह्रैमहिना पर्यटकीय गतिविधि

१७ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द भएपनि पर्यटकीय गतिविधि बन्द भएको छैन । बर्षातका बेला निकुञ्जका केही पर्यटकीय गतिविधि बन्द गरिए पनि जीप सफारी बाहेकका सबै गतिविधि सञ्चालनमै छन् । क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार अहिले सौराहा आउने पर्यटकका लागि कुनै पर्यटकीय गतिविधि रोकिएको छैन । निकुञ्जभित्र जङ्गल‘वाक’,डुङ्गा […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित

१७ असार ,काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । बैठक सुरु भएपछि सांसद रामकृष्ण यादवले सदनमा मन्त्रिपरिषद्को सदस्य र मन्त्री कसैको पनि उपस्थिती नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक १५ मिनेटको लागि स्थगित भएको हो । उनले भने, ‘बैठक सुरु हुनको लागि मन्त्रिपरिषद्को एकजना पनि सदस्य, मन्त्री अनिवार्य […]

मुख्‍य समाचार समाचार समाज

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी

१७ असार, झापा । घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प […]

मुख्‍य समाचार समाज

घरजग्गा रजिष्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व

१७ असार , काठमाडौं । पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्यांकमा उल्लेख छ ।  बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा बृद्धि भएको पनि देखिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो । […]

मुख्‍य समाचार राजनीति समाज

एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु

१७ असार काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ । पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी […]

मुख्‍य समाचार विचार समाचार समाज

मोक्ष चिन्तन ! धर्म चिन्तन ! लक्ष्य चिन्तन !

१७ असार, काठमाडौँ । आजभोलि सर्सर्ती हेर्दा समाजमा धर्मप्रति रुचि बढेको देखिन्छ, जिज्ञासा बढेको देखिन्छ तर साथै विभिन्न रुपमा धार्मिक व्यवसाय पनि बढेको देखिन्छ । सामान्यतः मूल्यांकन गर्दा जुन रूपमा  धर्मचर्चा, धर्मचिन्तन, योग चिन्तन, मोक्ष चिन्तन वा आध्यात्मिक संवाद देखिन्छन् सबै सकारात्मक नै छन् जस्तो लाग्छ । तर गहिरिएर जाँदा के साँच्चिकै श्रद्धालु जिज्ञासुहरूको संवाद […]