२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ

२७ वैशाख, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम […]

मुख्‍य समाचार राजनीति समाचार

सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने

२७ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो । सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।

खेलकुद मुख्‍य समाचार

क्रिकेट खेलाडीका लागि घोषित रकम दिने सरकारको निर्णय

२७ वैशाख, काठमाडौं ।राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई नेपाल सरकारले जनही १३ लाख रुपैयाँ प्रदान गर्ने भएकोछ । मन्त्री परिषदको बैठकले बिहीबार २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदले अनुमोदन गरेसँगै १९ औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र […]

मुख्‍य समाचार समाचार समाज

पाल्पाका आग्नीपीडित परिवारलाई राहत

पाल्पाका आग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो । रामपुर नगरपालिका–४ को समाङसिङ, गिजिनडाँडाका, रामपुर–५ को गैराका आगलागीबाट पीडित ६ घरपरिवार तथा पूर्वखोला गाउँपालिका–६ का नौ परिवारलाई प्रतिपरिवार रु १५ हजारका दरले राहत वितरण गरिएको हो । यही वैशाख १९ गते […]

मुख्‍य समाचार राजनीति

कोशीमा एमालेका राम राना र माओवादीका गणेश उप्रेती मन्त्री बन्दै

२७ वैशाख, विराटनगर । कोशी सरकारमा पहिलो चरणमा नेकपा एमालेका राम राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती मन्त्री बन्ने भएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषदमा बिहीबार एमाले र माओवादी केन्द्रका एक एक जना मन्त्री सहभागी हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । एमाले संसदीय दलका उपनेता राना यसअघि […]

अर्थ मुख्‍य समाचार

दुर्गा प्रसाईं निकट युवाद्वारा दुईवटा बैंकमा तोडफोड

२७ वैशाख, काठमाडौं । मेडिकल व्यवसायीदुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योतिविकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् । ऋणिलाई टर्चर दिएको भन्दै उनीहरुले दुईवटा बैंकमातोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चारजनाकार्यकर्तालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्नभएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार […]

मुख्‍य समाचार राजनीति समाचार

महान्यायाधिवक्ता र गृहमन्त्रीको नियत नै खराब छ ः सांसद सेजुवाल

२७ वैशाख, काठमाडौं । सरकार यतिबेलाबजेट अधिवेशनसञ्चालन गर्ने तयारीमा छ । सभामुख देवराज घिमिरेले भोलि(शुक्रबार)दिउँसो २ बजे संघीय संसदको दुवै बैठक आह्वान गरिसकेका छन् । प्रमुखप्रति पक्षीनेपालीकांग्रेसको विरोधको बावजुद पेलेर बैशाख २ गते रातिबाट लागू हुनेगरी हिउँदे अधिवेशनअन्त्यगरेको सरकारले भोलिबाट बजेट अधिवेशन शुरु गर्न लागेको छ । तर,प्रतिपक्षले यो अधिवेशनमापनिअवरोध गर्ने अडान छाडेको छैन । जसको […]

मुख्‍य समाचार राजनीति

सचेतकहरुसँग छलफल गर्दै सभामुख

२७ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दैछन् । प्रतिनिधि सभाको चौथो अधिवेशन शुक्रबार दिउँसो दुई बजेबाट सुरु हुँदैछ । पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सभामुखले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक भने शुक्रबार दिउाँसे […]

राजनीति

मुख्‍यमन्त्री हिक्मतको नियुक्तिविरूद्ध सर्वोच्च गए केदार कार्की

२७ वैशाख, काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ । साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल […]

मुख्‍य समाचार राजनीति

फेरि फुट्यो जसपा, लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा

२७ वैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल बनेको साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि अलग भएको हो । माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो । उनीसहित राजनीतिक र केन्द्रीय समितिका सदस्यहरूले बिहीबार […]

मुख्‍य समाचार समाचार समाज

उदयपुरको त्रियुगामा खडेरीका कारण ट्युबेलको पानी सुक्न थाल्यो

२७ वैशाख, गाईघाट । यसवर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा गाडिएका ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रका स्थानमा गाडिएका कलको जमिनमुनि पानीको सहत सुकेर घट्न थालेपछि पानी आउन छाडेको स्थानीयवासी बताउँछन् । त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरमा गाडेको कलमा १० […]

खेलकुद मुख्‍य समाचार

टी–२० विश्वकप : नेपालको खेल तालिका, प्रमुख हतियार, बलियो पक्ष

२७ वैशाख, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । टी–२० विश्वकपमा नेपालको […]