२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाज

एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल

१८ असार , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो । यी प्रतिवेदनमा उल्लिखित पार्टीका नीति तथा कार्यक्रमका आधारमा नयाँ कार्यसमिति निर्वाचित गरिने […]

मुख्‍य समाचार समाज

रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा

१८ असार, बाजुरा । नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्र स्थित रानीसैनमा भिस्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । बाजुरा सदरमुकाम मार्तडीबाट गाडीमा एक दिन र यसपछि करिब चार दिन पैदल हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटबाट गाडीमा चार घण्टा र एक दिन पैदल हिँडेर यो स्थानमा पुग्न सकिने स्थानीयको भनाइ छ । […]

मुख्‍य समाचार राजनीति

कांग्रेस र एमालेबीच नयाँ सहकार्य

१८ असार , काठमाडौँ । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । गए राति दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए । ती दुई दलबीचमा सहमति भएको भनिएको सहमतिको खाका सार्वजनिक भने […]

मुख्‍य समाचार समाचार समाज

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

१८ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

धनुषाको मठेश्वरनाथ मन्दिर उत्खनन् गर्दा भेटियो लिच्छविकालीन अवशेष

१८ असार, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-६ गोविन्दपुरमा आठौं/नवौं शताब्दीतिरका लिच्छविकालीन अवशेषहरु फेला परेका छन् । मठेश्वरनाथ मन्दिरको पुरातत्व विभागले उत्खनन् गर्दा सयौं वर्ष पुरानो लिच्छविकालीन अवशेषहरू फेला परेका हुन् । सबैला नगरपालिकाको पहलमा पुरातत्वविद् प्रकाश दर्नालसहित पुरातत्व विभागको तीन सदस्यीय टोलीले असार ७ गतेदेखि प्राचीन मन्दिरको भगनावशेषको उत्खनन् सुरु गरेको थियो । उत्खननका क्रममा […]

खेलकुद मुख्‍य समाचार समाचार

उरुग्वे र पानामा कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा

१८ असार , काठमाडौं । कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामाले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । उरुग्वेका स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको थियो । अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको उरुग्वेले निर्णायक गोल दोस्रो […]

मुख्‍य समाचार राजनीति

तत्काल राजीनामा नदिने प्रधानमन्त्री प्रचण्डको संकेत

१८ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक परामर्शमा जुटेका छन् । उनले अहिले केहीबेरमा आफ्नै दल माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बोलाएका छन् । त्यसपछि सत्ता गठबन्धनमा रहेका दलहरुसँग पनि परामर्श गर्ने तयारी छ । स्रोतका अनुसार प्रधानमन्त्री राजीनामा दिने कि संसदमा विश्वासको […]

मुख्‍य समाचार समाचार समाज

रोल्पा परेवा छहरा जिप दुर्घटना : सातको निधन, आठजना घाइते

१८ असार, लुम्बिनी । रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठजना घाइते भएका थिए । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ । घाइते मध्ये छजनाको […]

मुख्‍य समाचार राजनीति

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

१८ असार , काठमाडौं । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिएका छन् । अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले बताए । भण्डारीले भने, ‘हामी आज दिउँसोसम्म राजीनामा दिन्छौं […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेसद्वारा निर्देशक समिति गठन

१८ असार, काठमाडौँ । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले भ्रातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने-गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण […]

मुख्‍य समाचार राजनीति समाचार

भ्रातृ संगठनको महाधिवेशन गराउन कांग्रेसद्वारा निर्देशक समिति गठन

१८ असार , काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संघ–संगठनको महाधिवेशन सम्पन्न गराउन निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्नेछन् । यस्तै विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् । सभापति शेरबहादुर देउवाले निर्देशक […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

‘लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक’

१८ असार, लुम्बिनी । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो । पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठिन गरेको सार्वजनिक लेखा उपसमिति टोलीले शान्तिदीप, मायादेवी मन्दिरको अवलोकनका साथै केही विहार क्षेत्रहरूको […]