७ जेष्ठ २०८१, सोमबार
अर्थ मुख्‍य समाचार

दुर्गा प्रसाईं निकट युवाद्वारा दुईवटा बैंकमा तोडफोड

२७ वैशाख, काठमाडौं । मेडिकल व्यवसायीदुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योतिविकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् ।

ऋणिलाई टर्चर दिएको भन्दै उनीहरुले दुईवटा बैंकमातोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चारजनाकार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्नभएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाकाप्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायवउपरिक्षक प्रकाश बिष्टले जानकारी दिए । पक्राउपर्ने अन्यदुईजनाको नाम सार्वजनिकभएको छैन ।

प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संकृति र नागरिक बचाउमहाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामाभएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । नागरिक युवादस्ताकाझापाजिल्लाप्रमुखभीमतुम्बापोको नेतृत्वमाविरोेध प्रदर्शन भएको थियो ।

गएको वैशाख २५ गते एभरेष्ट बैंक र ज्योतिविकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरी आत्महत्या गरेको भन्दै प्रसाईँकाकार्यकर्ता बिरोधमाउत्रिएकाहुन् । लगभग १सय५० जनाको उपस्थितिमाकालो माक्स र नेपालको झण्डासहित विभिन्नविरोधका नारा लगाउँदै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले ज्योतिबिकास बैंकमाप्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले एभरेष्ट बैंक रहेको घरमा ढ्ङगाप्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ । ज्योतिबिकास बैंकमाभने क्षतिनभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्