६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट

११ असार, वीरगञ्ज । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ । […]

मुख्‍य समाचार समाचार समाज

पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह

११ असार, रामपुर । पाल्पाली समाज पोखराले पाल्पामा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्न आर्थिक सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाद्वारा सञ्चालित ‘रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउँछौँ’अभियानलाई साथ दिँदै समाज पोखराले रु दुई लाख २९ हजार दुई सय १९ रकम सहयोग गरेको हो । समाजको अध्यक्ष बालचन्द्र परियारले आफ्ना सदस्यबाट […]

मुख्‍य समाचार समाचार समाज

नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित

११ असार, काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो । गुणस्तर मापदण्ड पारित गरेसँगै अब विभिन्न किसिमका […]

प्रदेस समाचार मधेश मनोरन्जन मुख्‍य समाचार

जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

११ असार,धनुषा । जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको शुभारम्भ गर्नहुने कार्यक्रम रहेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिए। दुई दिनसम्म चल्ने महोत्सवमा ललका पाग, […]

मुख्‍य समाचार समाचार समाज

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

११ असार, उदयपुर । कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका हुन् । केराखेतीबाट आम्दानी हुन थालेपछि आफूहरु व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राई बताए । “चार सय जति केराको बोट लगाएको […]

मुख्‍य समाचार समाचार समाज

नेपालमा पहिलो पटक इन्द्रेणी रोपाइँ महोत्सव हुने

११ असार, काठमाडौं ।  नेपालमा पहिलो पटक इन्द्रेणी रोपाइँ जात्रा महोत्सव आयोजना हुने भएको छ। मायाको पहिचान नेपाल र डाकिनी हस्पिटालिटीले असार १५ गते इन्द्रेणी रोपाइँ जात्रा महोत्सव गर्न लागेका हुन् । मायाको पहिचान नेपालले महोत्सवको तयारी पुरा भएको जनाएको छ। असार १५ गते बौद्धमा बेलुकी ५ बजेदेखि रोपाइँ महोत्सव सुरु हुनेछ। कृषिप्रधान देश नपालमा […]

खेलकुद मुख्‍य समाचार

कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाले अंक बाँडे

११ असार, काठमाडौं । कोपा अमेरिका २०२४ मा ब्राजिल र कोस्टारिकाले अंक बाँडेका छन् ।समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक– एक अंक लिएका हुन् । खेलको ३० औं मिनेटमा ब्राजिलका मार्किन्होसले गरेको गोललाई भिडिओ एसिस्टेन्ट रेफ्री (भार)ले मान्यता नदिँदा अग्रता लिन चुकेको थियो । ७३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे […]

मुख्‍य समाचार राजनीति

बागमती प्रदेश सभाको बैठक बस्दै

११ असार, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रदेशसभा हलमा बस्ने गरी बोलाइएको छ । आजको बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१\८२ को विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । आज उद्योग, वाणिज्य, भूमि तथा प्रशासन […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

बाँसको मुङ्ग्रो प्रहार गरि बहिनिको हत्या गरेको आरोपमा एक युवक पक्राउ

११ असार, रौतहट । आफ्नै बहिनीको हत्या गरेको आरोमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको परोहा नगरपालिका–८ की २० वर्षीया तेतरी कुमारी रामको हत्या गरेको आरोपमा उनकै दाई नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्र कुमार रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दीपन्द्र कुमारले घरायसी विवादको कारण रिस आवेगमा बाँसको मुङ्ग्रोले […]

अर्थ मुख्‍य समाचार राजनीति

ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड

११ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याएको छ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१-८२ का लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सोमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि सात […]

अर्थ मुख्‍य समाचार राजनीति

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

११ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१-८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाको नगर सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले  उक्त बेजट वक्तव्य प्रस्तुत गरकी हुन् । डंगोलले महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्व २० करोड ६३ लाख २५ हजार र […]

मुख्‍य समाचार राजनीति

अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएको छु : गृहमन्त्री

११ असार, काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा र अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा अछाममा भएको घटनाबारे सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानिय प्रशासनलाई मन्त्रालयले स्पष्ट […]