२३ श्रावण २०८३, शनिबार
अनौठो संसार अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि विमानको आकस्मिक अवतरण

वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ । एथन जुडेलसन नाम गरेका एक यात्रीले टिकटकमा आफ्नो यो अनुभव शेयर गरेका छन् । भिडियोलाई १२ लाखभन्दा धेरै पटक हेरिएको छ । विमानमा उपस्थित चालक दलका सदस्यहरूले […]

मुख्‍य समाचार समाचार

भोलिदेखि मनसुन पुन : सक्रिय हुँदै

२१ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी […]

राजनीति समाचार सुदूरपश्चिम

मुख्यमन्त्री शाहको सपथ ग्रहण आज

२१ साउन, धनगढी ।  प्रदेश प्रमुखकाे कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रीपरिषद् विस्तारकाे तयारी समेत गरेका छन् । त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसमा समेत मन्त्रीकाे नाम टुंगो लगाउन छलफल जारी छ नेपाली कांग्रेस र नेकपा एमालेबीच तीन/तीन […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीमा ढुङ्गा लागेर एक महिलाको मृत्यु

२१ साउन, धनगढी । बैतडीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका –१ रीम भदेलगडाकी ४० बर्षीया जुनकीरी भुलको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भीरबाट खसेको ढुंगा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त धनीराम सार्कीले […]

समाचार सुदूरपश्चिम

बाघले खायो ७ बाख्रा

२१ साउन, धनगढी । कैलालीको टीकापुरमा बाघले बाख्रा खाएको छ। आइतवार राति टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १७ बस्ने बिजुसिंह बिष्ट, दुर्गा परियार र राजु ओलीको गोठबाट बाख्रा खाएको हो। बाघले बिष्ट र परियारको गोठबाट ३/३ वटा र बस्नेतको गोठबाट एक बाख्रा खाएको हो। बस्नेतको गोठमा थप एक बाख्रालाई घाइते बनाइएको कैलाली प्रहरीले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

करेन्ट लागेर ९ जनाको मृत्यु

२१ साउन, काठमाडौँ । भारतको बिहारमा करेन्ट लागेर ९ जनाको मृत्यु भएको छ । बिहारको वैशाली जिल्लामा ११ हजार भोल्टको करेन्ट लागेर भएको घटनामा अरू दुई जना घाइते भएका छन् । औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा हाइटेन्सन तार गाडीमा खस्दा यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको उपचार भइरहेको छ । उनीहरू […]

मुख्‍य समाचार समाचार समाज

गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा नौ यात्रु घाइते

२१ साउन, मलेखु (धादिङ)। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य तोलाको एक लाख ५० हजार

२१ साउन, काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको […]

मुख्‍य समाचार राजनीति समाज

जसपा नेपालद्वारा केन्द्रीय समिति बैठक आह्वान

२१ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए । उसले भने, “बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, […]

समाचार समाज

‘फेरिल’ उपन्यास सार्वजनिक

२१ साउन, डुम्रे (तनहुँ) । सीमान्तकृत अल्पसङ्ख्यक दरै/ दराई समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’अर्थात् परिवर्तन लोकार्पण गरिएको छ । लेखक माधव बिडारीद्वारा लिखित सो उपन्यासमा सो समुदायको संस्कार, संस्कृति, अवस्था र मौलिकपनालाई समावेश गरिएको छ । उपन्यासकार बिडारीले भन्नुभयो, “करिब एक वर्षअघिसम्म मैले दरै समुदायका बारेमा सुनेको पनि थिइनँ । […]

समाचार समाज

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२१ साउन, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु […]

मुख्‍य समाचार समाचार समाज

आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार

२१ साउन, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज शल्यक्रियाकक्षको आज शुभारम्भ गर्नुहुँदै अस्पतालको थप स्तरोन्नति […]