३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति र प्रधानमन्त्रीलाई आजै भेट्ने, यस्तो छ भ्रमण तालिका

१९ पुस, काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री एस जयशंकरले आजैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई भेट्ने कार्यक्रम […]

मुख्‍य समाचार समाचार समाज

मेलम्ची खानेपानी पथान्तरणको काम अन्तिम चरणमा, १० दिनभित्र सम्पन्न हुने दाबी

१९ पुस, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना मर्मत र पानी पथान्तरणको काम अन्तिम चरणमा पुगेको छ । २०७८ साल असारमा बाढीले क्षति पुर्‍याएका संरचना मर्मत गरी काठमाडौंवासीका घरघरसम्म पानी पुर्याउन भइरहेको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । […]

मुख्‍य समाचार समाचार समाज

सम्झौता भएको ३ वर्षपछि वंशिलाघाटमा पुल निर्माण थालियो

१८ पुस, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका- ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ । निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो । एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण थालिएकामा खुशी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख […]

मुख्‍य समाचार समाचार समाज

हत्या आरोपमा श्रीमान–श्रीमतीसहित ४ जना पक्राउ

१८ पुस, दाङ । दाङमा कोइलाखानीमा शव फेला परेका पुरुषको हत्या आरोपमा प्रहरीले श्रीमान श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ । पुस १३ गते कोइलाखानीको सुरुङभित्र घेराही उपमहानगरपालिका–६ अघराका ४५ वर्षका शिवराज केसीको शव फेला परेको थियो । केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षका शेरबहादुर कुँवर, उनकी ३५ वर्षकी श्रीमती दीपा कुँवर, दीपाका […]

मनोरन्जन मुख्‍य समाचार

राष्ट्रिय चलचित्र पुरस्कारबारेको मुद्दामा सक्कल फाइल झिकाउन आदेश

१८ पुस, काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले बुधबार प्रमाण बुझ्ने निर्णय गर्दै उक्त आदेश दिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । ‘आदेशानुसार सक्कल मिसिल आएपछि मात्र पेश […]

मुख्‍य समाचार समाचार समाज

लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना

१८ पुस, काठमाडौँ । लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा  उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए । नागरिक […]

राजनीति समाचार समाज

ओली बालुवाटार पुगे लगत्तै तीन दलको बैठक सुरू

१८ पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ । यसअघि बुधबार विहान कांग्रस र माओवादीबीच छलफल भएको थियो । दुई दलको […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

१८ पुस, काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए । उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’

मुख्‍य समाचार राजनीति

राष्ट्रिय सभामा ख्यातिप्राप्त व्यक्ति पुर्‍याउने देखिँदैन : गगन थापा

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको मर्म अनुसारका व्यक्तिहरु सांसद हुने अवस्था आफूले नदेखेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले ख्यातिप्राप्त व्यक्तिहरु राष्ट्रिय सभामा पुर्‍याउने बहस नहुने परिस्थिति बनेको बताए । राष्ट्रिय सभाका रिक्त पदका लागि हुने निर्वाचनमा छलफलमा जुटिरहेका थापा भन्छन्,‘निर्णय गर्ने थलोमै […]

मुख्‍य समाचार राजनीति

पूर्व राजा ज्ञानेन्द्रलाई राप्रपाका शीर्ष नेताहरुले भैरहवामा भेटे

१८ पुस, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए । बुधबार भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए ।

खेलकुद मुख्‍य समाचार

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

१८ पुस, काठमाडौं । ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् । प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी थिइन् । अन्तिम पटक २०२१ […]

खेलकुद समाचार समाज

कोशीलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

१८ पुस, काठमाडौं । कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता […]