९ कार्तिक २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

मधेश प्रदेशका चार स्थानीय तहमा खाद्य तथा पोषण कार्यक्रम विस्तार

२८ साउन, जनकपुरधाम । मधेस प्रदेशको थप चारवटा स्थानीय तहमा बाढी प्रभावितका लागि सङ्घीय सरकारद्वारा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ । विश्व बैङ्कको सहयोगमा उक्त कार्यक्रम विस्तार गरिएको हो । मधेस प्रदेशको चारवटा जिल्लामा सो कार्यक्रम कार्यान्वयनमा थियो । हालै धनुषा र महोत्तरीको बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न किसानलाई लक्षित गरी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

२८ साउन, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो । भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

धनगढी उपमहानगरको ‘आमा बचाउ’अभियान प्रभावकारी

२८ साउन, अत्तरिया । जिल्लाको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ’अभियान प्रभावकारी बनेको छ । उपमहानगरले अघिल्लो आर्थिक वर्ष २०७९÷८० को मङ्सिरबाट सुरु गरेको उक्त अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘आमा बचाउ’अभियानबाट अघिल्लो र गत आव २०८०-८१ गरी दुई […]

फोटो फिचर मुख्‍य समाचार समाचार समाज

साउनको अन्तिम सोमबार पशुपतिमा घुइँचो (फोटो)

२८ साउन, काठमाडौं । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । श्रावण महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको ठुलो भीड लागेको हो । व्रत बसेकाहरूले पशुपतिनाथमा पूजा अर्चनासहित गोदान, पूर्ण पात्र आदि धार्मिक कार्य गरेर व्रतको समापन गर्दैछन् । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै […]

मुख्‍य समाचार राजनीति समाचार

युवाहरुको आवश्यक्ता र भावना अनुसारको नीति आवश्यकः राष्ट्रपति

२८ साउन, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका हुन् । उनले  भने, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विदेश जाने मात्र होइन, स्वदेश फर्किँनेको संख्या नि उच्च छ : उपमेयर डङ्गोल

२८ साउन, काठमाडौं ।  काठमाडौं  महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताएकी छन् । आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् । उनले  भनिन्, ‘विदेशिने  युवाहरुको  जमात  बढ्दो  छ । सँगसँगै विदेशबाट  स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो […]

मुख्‍य समाचार समाचार समाज

खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’भरिभराउ

२८ साउन, वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा […]

कोशी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पर्यटकका रोजाइमा इलाम

२८ साउन, फिक्कल । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य बीमा कार्यक्रम : ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’

२८ साउन, चितवन । मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए। उनले भने, “स्वास्थ्य बीमाका बारेमा आफूलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बीमा कार्यक्रम समावेश भएको हुँ ।” अहिले उपचारमा लाग्ने खर्चको जम्म १० प्रतिशतमात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा दङ्ग परे […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीमा पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा

२८ साउन, बैतडी । वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा रु १५ लाख बराबरको क्षति पुगको बताए । पहिरोका कारण स्थानीयवासी […]

मुख्‍य समाचार समाचार समाज

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

२८ साउन, भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् । घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको […]

मुख्‍य समाचार समाचार समाज

गगनसिंह दरवारको ३० फिटे पर्खाल भत्कियो

२८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे  पर्खाल भत्केको हो । सोमवार विहान करिव ७ः५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो ।