२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाज

धनगढी–स्याउले सडक हस्तान्तरण गरिँदै

२१ साउन, गोदावरी (कैलाली) । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडक यही साउन मसान्तसम्ममा हस्तान्तरण गरिने भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत १३ किलोमिटर चार सय मिटर (१३ दशमलव चार सय मिटर) सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै यही साउन मसान्तभित्र ठेकेदार कम्पनीले आयोजना कार्यालयलाई हस्तान्तरण गर्न लागेको हो । […]

मुख्‍य समाचार समाचार समाज

बासस्थान नवप्रवर्द्धन सम्मेलन चितवनमा

२१ साउन, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र काठमाडौँ विश्वविद्यालयद्वारा संयुक्त रुपमा आगामी भदौ ३१ देखि असोज १ गतेसम्म तेस्रो बासस्थान नवप्रवर्द्धन सम्मेलन यहाँ आयोजना हुने भएको छ । फोहर व्यवस्थापन समाधानलाई ऊर्जा उत्पादन, खाद्य सुरक्षाको प्रवर्द्धन र वातावरण संरक्षणसँग एकीकृत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको पूर्वमन्त्री गणेश साहले जानकारी दिए […]

मुख्‍य समाचार समाचार समाज

कास्कीमा छ सय ४९ नयाँ उद्योग थपिए

२१ साउन, कास्की। जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । नयाँ उद्योगमा रु एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज […]

मनोरन्जन समाज

गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक

२१ साउन, काठमाडौँ । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ । चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर भन्ने मौलिक गीत […]

मुख्‍य समाचार राजनीति समाचार

आज कर्णाली मुख्यमन्त्री विश्वासको मत लिँदै

२१ साउन, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएको छ । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि योसम्बन्धी विषयको प्रस्ताव आज राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए । उहाँले उक्त व्यवस्थाका […]

मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोरः नरसिङखोलामा मोटरेबल पुल

२१ साउन, म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ । जोमसोमबाट कागबेनी छुसाङ उपल्लो मुस्ताङ हुँदै चीनको सिमाना कोरलानाका जोड्ने सडकअन्तर्गतको नरसिङखोलाको ९० मिटर लामो मोटरेबल पुलमा यातायात सञ्चालन हुन थालेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँले पुलमा सवारीसाधन […]

मुख्‍य समाचार समाचार समाज

काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ विषयमा शिक्षण गराइँदै

२१ साउन, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा ‘उड्डयन ब्यवस्थापन’(एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा पहिलोपटक यहाँ उक्त विषयमा शिक्षण हुने भएको हो । स्नातक तहको उक्त विषयमा यस वर्ष ३३ जना विद्यार्थी भर्ना गराइने जनाइएको छ । भेञ्चरका […]

मुख्‍य समाचार समाज

पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दशनार्थीको घुइँचो

२१ साउन, वीरगञ्ज (पर्सा)। पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । अन्य दिनभन्दा आज मन्दिरमा स्वदेशी एवं भारतीय दर्शनार्थीको भीड लागेको हो । दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वर महादेवको आज दर्शन गर्नका लागि बिहानैदेखि दर्शनार्थी महादेव भगवान्को दर्शन गर्न मन्दिर परिसरमा लामवद्ध भएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किबी र लोठसल्लाखेती

२१ साउन, बनियानी (झापा)। कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् । तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किबी र एक सय ५० […]

मुख्‍य समाचार राजनीति समाचार

संविधान जोगाउन दलहरू बीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल

२१ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उहाँले लोकतन्त्र,संविधानको रक्षा एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको छ भने । उसले भने,“आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ […]

मुख्‍य समाचार समाचार समाज

सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

२१ साउन, काठमाडौँ । सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार चार सय ८४ (३९ दशमलव ८४ प्रतिशत) मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो । सो आवमा सर्वाच्चमा ४० हजार नौ सय ९२ मुद्दा भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ । […]

मुख्‍य समाचार समाचार समाज

भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

२१ साउन, किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत साउन १७ गते राति बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो । चिचिला र सभापोखरी सीमावर्ती क्षेत्र बर्खेडाँडामा मर्मत र नियमित विद्युत् आपूर्ति […]