७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

बिहीबारसम्म मनसुन थप सक्रिय हुने,

१७ असार, काठमाडौँ । देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग-सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

मध्यवर्ती सामुदायिक वनमा बाह्रैमहिना पर्यटकीय गतिविधि

१७ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द भएपनि पर्यटकीय गतिविधि बन्द भएको छैन । बर्षातका बेला निकुञ्जका केही पर्यटकीय गतिविधि बन्द गरिए पनि जीप सफारी बाहेकका सबै गतिविधि सञ्चालनमै छन् । क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार अहिले सौराहा आउने पर्यटकका लागि कुनै पर्यटकीय गतिविधि रोकिएको छैन । निकुञ्जभित्र जङ्गल‘वाक’,डुङ्गा […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित

१७ असार ,काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । बैठक सुरु भएपछि सांसद रामकृष्ण यादवले सदनमा मन्त्रिपरिषद्को सदस्य र मन्त्री कसैको पनि उपस्थिती नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक १५ मिनेटको लागि स्थगित भएको हो । उनले भने, ‘बैठक सुरु हुनको लागि मन्त्रिपरिषद्को एकजना पनि सदस्य, मन्त्री अनिवार्य […]

मुख्‍य समाचार समाचार समाज

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी

१७ असार, झापा । घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प […]

मुख्‍य समाचार समाज

घरजग्गा रजिष्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व

१७ असार , काठमाडौं । पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्यांकमा उल्लेख छ ।  बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा बृद्धि भएको पनि देखिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो । […]

मुख्‍य समाचार राजनीति समाज

एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु

१७ असार काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ । पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी […]

मुख्‍य समाचार विचार समाचार समाज

मोक्ष चिन्तन ! धर्म चिन्तन ! लक्ष्य चिन्तन !

१७ असार, काठमाडौँ । आजभोलि सर्सर्ती हेर्दा समाजमा धर्मप्रति रुचि बढेको देखिन्छ, जिज्ञासा बढेको देखिन्छ तर साथै विभिन्न रुपमा धार्मिक व्यवसाय पनि बढेको देखिन्छ । सामान्यतः मूल्यांकन गर्दा जुन रूपमा  धर्मचर्चा, धर्मचिन्तन, योग चिन्तन, मोक्ष चिन्तन वा आध्यात्मिक संवाद देखिन्छन् सबै सकारात्मक नै छन् जस्तो लाग्छ । तर गहिरिएर जाँदा के साँच्चिकै श्रद्धालु जिज्ञासुहरूको संवाद […]

मुख्‍य समाचार समाज

कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या

१७ असार ,रौतहट । रौतहटको दुर्गा भगवती गाँउपालिकाका विभिन्न स्थानमा वर्षाको पानी जमेपछि पठन पाठनमा समस्य भएको छ । वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभुत विद्यालयको चौर र कक्षा कोठामा नै वर्षाको पानी जमेपछि हो । आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरुलाई असहज भएको नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सन्जय […]

मुख्‍य समाचार समाचार समाज

व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय

१७ असार , चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय सञ्चालनका लागि घुम्ती कोष परिचालन गर्न लागेको हो । निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कोष सञ्चालनमा ल्याइने छ । सुरुमा आयोगले रु दुई करोड […]

मुख्‍य समाचार समाज

धनुषामा जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते

१७ असार, जनकपुरधाम । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको हो । राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दाङमा आमा साक्षरता अभियान

१७ असार, तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–९ का हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उनको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास काट्नेजस्ता काममै बित्ने गर्छ । “हामी सधैँ चुलोचौकोमै सीमित भयौँ, तर, अब यसरी सीमित हुने छैनौँ”,उनले भने, “गाउँमा कसैलाई अप्ठेरो परेपछि पनि न्यायिक निकायमा गएर न्यायकालागि आवाज उठाउने छौँ । ” त्यस्तै […]

मुख्‍य समाचार राजनीति समाज

प्रचण्ड र ओलीबीच आज पनि भेटवार्ता

१७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको विषय सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ सत्ता […]