८ कार्तिक २०८३, शनिबार
मनोरन्जन मुख्‍य समाचार समाचार

‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ रिलिज

३२ साउन, काठमाडौं । दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत ‘छड्के सलाम’ रिलिज गरिएको हो । विवाहको सेटअपमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र बसुन्धरा भुषाल […]

मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र ‘बुलाकी’ आजबाट प्रदर्शनमा

३२ साउन, काठमाडौँ ।  चलचित्र ‘बुलाकी’ आजबाट प्रदर्शनमा आएको छ । चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो ।  चलचित्रको यो पुनः प्रदर्शन हो । गत वर्षको वैशाखमा रिलिज भएको यो  चलचित्रले उल्लेख्य सोज पाउन नसकेको कारण रिलिज स्थगित गरिएको थियो । ‘बुलाकी’ कर्णालीको संस्कृति र जीवन शैलीलाई उतारेको  चलचित्र हो । जारी प्रथा (महिलाले अर्को बिहे गरेमा […]

मुख्‍य समाचार समाचार समाज

बागमती प्रदेशभर सार्वजनिक बिदा

३२ साउन, काठमाडौँ । बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बागमतीमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन लागू भएपछि नेपाल भाषी समुदायको पर्वको रूपमा गाईजात्राको दिन […]

मुख्‍य समाचार समाचार

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न सहायक सिडिओको संयोजकत्वमा छानबिन समिति गठन

३२ साउन, भक्तपुर । भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज छानबिन समिति गठन गरेको छ । हिजो (बिहीबार) दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु […]

मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक

३२ साउन, काठमाडौं । चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ। शुक्रवार सार्वजनिक गरेको टिजरमा एक्सनलाई प्राथमिकता दिएको छ। चलचित्रका मुख्य कलाकार समीर भट्ट, विराज भट्टलगायत फिचर्ड छन्। यो चलचित्रको मुख्य भूमिकामा समीर छन्। समिर यही चलचित्रमार्फत नेपालीचलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। विराज भट्टको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी […]

मुख्‍य समाचार समाचार समाज

नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

३२ साउन, धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो। आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुख्‍य समाचार समाचार

प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर एक महिनादेखि काठमाडौँमा रहेको खुलासा

३२ साउन, काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर १ महिनादेखि काठमाडौँमै रहेको पाइएको छ । नगरपालिकाका मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल र केही कार्यपालिका सदस्य एक महिनाभन्दा बढी समयदेखि काठमाडौँमा रहेको भन्दै नेकपा एमालेसहित स्थानीय प्रमुख ६ दलले आपत्ति जनाएका छन् । मनसुन सक्रिय भएर बाढी […]

मुख्‍य समाचार समाचार

मोटरसाइकलले ठक्कर दिँदा ४ जना घाइते

३२ साउन, धनगढी । कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका–४ बलियामा सुदूरपश्चिम प्रदेश ०१–०११ प ६०२९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी १९ वर्षीया अनिसा चौधरी र मोटरसाइकल चालक लम्कीचुहा–२ का २२ वर्षीय गोपाल ढकाल घाइते भएका हुन् । उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । यस्तै, लम्कीचुहा–४ मै पश्चिमबाट […]

मुख्‍य समाचार समाचार

३७ वर्षीय सिनावत्रा थाइल्यान्डको प्रधानमन्त्रीमा नियुक्त

३२ साउन,  एजेन्सी । थाइल्यान्डको संसद्ले पाएतोङ्गटार्न शिनावात्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको छ । उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् । ३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् र यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन् । पाएतोङ्गटार्नकी फुपु यिङ्गलुक शिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी […]

मुख्‍य समाचार समाचार

घट्यो सुनको मूल्य

३२ साउन,  काठमाडौँ । सुनको मूल्य नौ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

मुख्‍य समाचार समाचार

कञ्चनपुरमा एक युवती मृत फेला

३२ साउन, कञ्चनपुर । कञ्चनपुरमा एक युवती मृत फेला परेकी छन् । पुनर्वास नगरपालिका-६ टाउन बस्ने १८ वर्षीया निकिता थापा बिहीबार मृत फेला परेकी प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मुख्‍य समाचार समाचार

गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने

३२ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घट्नास्थलको सीसीटिभी फुटेज बाहिरिएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर […]