२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

विद्युत् लाइन विस्तारका क्रममा करेन्ट लागेर एकको मृत्यु

२६ साउन,  मार्तडी । विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर बडीमालिका नगरपालिका-७ का ३३ वर्षीय मनबहादुर बिष्टको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका-६ जडनङ्गामा बिष्टलाई करेन्ट लागेको थियो । बडिमालिका नगरपालिका-६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर विष्ट घाइते […]

मुख्‍य समाचार समाचार

शुक्लाफाँटामा अजिङ्गर फेला

२६ साउन,  कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिङ्गर फेला परेको हो । आठ किलो तौल भएको अजिङ्गरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए । “अजिङ्गर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौँ,” उनले […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी आन्दोलनको स्वरुप परिवर्तन गरेर जनतामा जाने

२६ साउन,  काठमाडौँ । नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो। सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले  आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गर्नुभएको बताउनुभयो। उहाँले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, […]

मुख्‍य समाचार समाचार

हुम्लामा बोलेरो दुर्घटना

२६ साउन,  काठमाडौँ । सिमकोट गाउँपालिका– ६ स्थित तीन धारा क्षेत्रमा सदरमुकाम सिमकोट आउदै गरेको बोलेरो जीप दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो। सिमकोट गाउँपालिकाको– ६ को लाग्नाबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको बा ०१०२९ च ९८३८ नम्बरको बोलेरो जीप तीन धारा क्षेत्रमा विपरीत दिशाबाट आइरहेको अर्को जीपलाई […]

मुख्‍य समाचार समाचार समाज

सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्का

२६ साउन,  काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिका-८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ । गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम […]

मुख्‍य समाचार समाचार समाज

नेपाली स्याटलाइट ‘मुनाल’ प्रक्षेपणमा भारतले सहयोग गर्ने

२६ साउन,  काठमाडौँ । नेपालले बनाएको भूउपग्रह ‘मुनाल’ प्रक्षेपण गर्न भारतीय विदेश मन्त्रालय र न्यू स्पेस इन्डिया लिमिटेड (एनएसआईएल)बीच सम्झौता भएको छ । मुनाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बनाएको स्याटलाइट हो । उक्त स्याटलाइट प्रक्षेपणका लागि अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा भारतको विदेश मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक […]

मुख्‍य समाचार समाचार समाज

बस दुर्घटना हुँदा १३ जना घाइते

२६ साउन, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेको मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो । सवारी दुर्घटनामा परी घाइते भएकाहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँकानुसार करिब एक सय […]

मुख्‍य समाचार राजनीति समाचार

‘पेटभरी खान नपाएर बालबालिका रोएको देख्दा आँसु आउँछ, म कसरी भ्रष्टाचार गर्न सक्छु’

२६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् । शनिबार लायन्स क्लबले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा रहेको बताए । नेपालका २० प्रतिशत मानिसहरू अझै गरिबीको रेखामुनि रहेको र उनीहरूले आफ्नो छोराछोरीलाई पेटभरि खान दिन नसक्ने अवस्था रहेको ओलीले बताए […]

राजनीति समाचार समाज

द्वन्द्वकालमा बलात्कारका दोषीलाई सजायमा कुनै छुट हुँदैन : गृह मन्त्री लेखक

२६ साउन, काठमाडौं । गृह मन्त्री रमेश लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने बताएका छन् । गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितको सहभागिता’ विषयक कार्यक्रममा बलात्कार घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने बताए […]

मुख्‍य समाचार राजनीति समाचार

कुलमानको समर्थनमा प्रदर्शन, हटाए आन्दोलन गर्ने चेतावनी

२६ साउन, काठमाडौं । नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा नागरिकहरुले प्रदर्शन गरेका छन् । शनिबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म उनीहरुले र्‍याली समेत निकाले । उद्योगबाट बक्यौता उठाउने विषयमा हाल घिसिङमाथि सरकारले दबाब दिइरहेको छ । उनलाई यही बहानामा हटाउने समेत तयारी भएको छ । घिसिङ जसरी पनि बक्यौता उठाउने पक्षमा छन् भने सरकारले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

मोदीको सन्देश बोकेर भारतीय विदेशसचिव आइतबार नेपाल आउँदै

२६ साउन, काठमाडौं । भारतका नवनियुक्त विदेशसचिव विक्रम मिश्री आइतबार औपचारिक नेपाल भ्रमणमा आउँदै छन्। परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी आउन लागेका हुन्। दुई विदेशसचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले शुक्रबार बिज्ञप्तीमार्फत औपचारिक जानकारी दिएको छ । भारतका विदेशसचिव मिश्रीले नेपालका उच्चपदस्थ व्यक्तिसँग पनि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बङ्गलादेशका कारागारमा झडप हुँदा १२ कैदीबन्दीको मृत्यु

२६ साउन, ढाका ।  पूर्वप्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा १२ जना कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक शृङ्खला हो। आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी […]