कृषि फार्ममा क्षति
२६ साउन, काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्याएको छ । अन्नपूर्ण-२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाई कृषि तथा पशुपन्क्षी फार्ममा क्षति भएको हो । गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठ सय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूर्ण-२ वडाध्यक्ष […]











