२२ श्रावण २०८३, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

२७ साउन, म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मिर्गौलापीडितलाई साढे तीन लाख सहयोग

२७ साउन, दमौली । ऋषिङ गाउँपालिका निवासी मिर्गौलापीडित पूर्णलाल नेपालीलाई रु तीन लाख ६६ हजार पाँच सय ७८ हस्तान्तरण गरिएको छ । ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैको अगुवाइमा सङ्कलन भएको उक्त रकम शनिबार निजलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था नाजुक भएका नेपालीलाई सघाउन प्रवक्ता दरैले पूर्णलाल नेपाली बचाउ अभियान सञ्चालन गर्नुभएको थियो । त्यसक्रममा […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

२७ साउन, पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनी बताउछन् । “च्याउखेतीबाट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

२७ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आइपुगेका छन् । दुईदिने भ्रमणका लागि मिश्री आज (आइतबार) नेपाल आइपुगेका हुन् । नेपाल आइपुगेका मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले स्वागत गरेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार […]

मुख्‍य समाचार समाचार समाज

कर्णाली राजमार्ग खुल्यो

२७ साउन, जुम्ला। पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो । जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको […]

मुख्‍य समाचार समाचार समाज

धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण

२७ साउन, गोरखा । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो । लायन्स क्लब इन्टरनेशनलका अनुसार पहिरोपीडित ५५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । प्रत्येक परिवारलाई चामल, दाल, नुन तेल, लत्ताकपडा प्रदान गरिएको छ । पहिरोमा ज्यान […]

मुख्‍य समाचार समाचार समाज

सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर

२७ साउन, भोजपुर । इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएको छ । यही साउन १६ गतेको बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो । बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

२७ साउन, गलकोट (बागलुङ) । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लाग्नुभएका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाउनुभएको छ । उहाँले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ । सानो घरमा चार कोठाबाट व्यवसाय थाल्नुभएका उसले व्यवसाय बढाएको छ । उसको होटलमा २४ कोठा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

२७ साउन,  काठमाडौं ।  भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन भएको छ । लामो समयदेखि बिरामी परेका पूर्वविदेशमन्त्री सिंहको गुरुग्रामस्थित एक निजी अस्पतालमा ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा शोक व्यक्त गरेका छन् । पूर्वकांग्रेस सांसद […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

२७ साउन,  काठमाडौं । कालिमाटी तरकारी बजारले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ । आज ठूलो गोलभेँडा ७५ रुपैयाँ प्रतिकिलोमा कारोबार भैइरहेको छ भने सानो गोलभेँडा ३० र टनेल सानो गोलभेँडा ४२.५० रुपैयाँ रहेको छ । त्यस्तै घिउ सिमी ९०, टाटे सिमी ९५, तिते करेला ३५, लौंका ५५, परवर ७५, चिचिण्डो ४५, घिरौला […]

मुख्‍य समाचार समाचार

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

२७ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन् । भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

ओलम्पिकको स्वर्ण पदकमा चीन शीर्ष स्थानमा

२७ साउन,  काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिकालाई पछाडि पार्दै स्वर्ण पदकमा चीनले अग्रता लिएको छ । अहिले चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्णसहित पछ्याइरहेको छ । शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३–३३ स्वर्ण जितेका थिए । स्वर्णको एक पदकले पछाडि परेको अमेरिकाले ३८ स्वर्ण, ४२ […]