२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

ट्रक दुर्घटना हुँदा पाँच घाइते

२६ साउन, अछाम । रामारोशन गाउँपालिकाबाट काठ बोकेको हिँडिरहेको ट्रक सडक भासिदा दुर्घटनामा परेको छ । दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेको थप उपचारका लागि सदरमुकाम मङ्गलसेनस्थित जिल्ला अस्पताल मङ्गलसेन लगिएको  छ । घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका –२ बस्ने हरिसिंह भण्डारी, अछाम जिल्ला मङ्गलसेन नगरपालिका –१२ बिर्कुका अर्जुन रावल रहेका अछाम […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजाको विद्यालयमा इजरायलको आक्रमण, सयभन्दा बढीको मृत्यु

२६ साउन, काठमाडौं । गाजाको दराज जिल्लाको एक विद्यालयमा शनिबार बिहान इजरायलले गरेको हमलामा एक सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमण भएको विद्यालयमा धेरैले आश्रय लिइरहेका थिए । बिहानको नमाज पढिरहेका बेला आक्रमण भएको  उल्लेख छ । स्थानीयका अनुसार विद्यालयमा एकपछि अर्को गरेर तीन रकेट प्रहार गरिएको थियो । उतका इजरायली सेनाले भने अल–ताबिन विद्यालय हमासको […]

मुख्‍य समाचार समाचार समाज

पहिरोमा परेर ४ जना घाइते

२६ साउन,  बाजुरा । बाजुरामा पहिरोमा परेर ४ जना घाइते भएका छन् । शनिवार बिहान हिमाली गाउँपालिका –३ बौडी स्थित गोरु खर्कमा पहिरो जाँदा ४ जना घाइते भएका हुन । घाइते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको हिमाली गाउँपालिका – ३ का वडा अध्यक्ष मंगल बुढाले बताए । जिल्ला प्रहरी कार्यालय […]

मुख्‍य समाचार राजनीति समाचार

आर्थिक विकास यो सरकारको पहिलो प्राथमिकता हो : उपप्रधानमन्त्री सिंह

२६ साउन,  काठमाडौँ ।  उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उक्त कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त भएकामा उनीहरूलाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील […]

मुख्‍य समाचार समाचार समाज

देशभर पाँच जिल्लामा फैलियो हैजा, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो

२६ साउन,  काठमाडाैँ । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । कैलालीसहित ललितपुर, काठमाडौँ, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, […]

समाचार सुदूरपश्चिम

बैतडीका मानबहादुर मलेसियामै अस्ताए

२६ साउन, धनगढी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ ग्वानीका मान बहादुर बिष्ट मलेसियामा अस्ताएका छन् । हिजो शुक्रबार काम सकेर साझँ कोठामा फर्केका मान बहादुरको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए । मलेसियामै रहेका पूर्णबहादुर बिष्टकाअनुसार उपचारको क्रममा राती १० बजे मानबहादुरको मृत्यु भएको हो । मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत […]

मुख्‍य समाचार समाचार समाज

साँढेले हान्दा एक महिलाको मृत्यु

२६ साउन, बुटवल । बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका […]

मुख्‍य समाचार समाचार समाज

तनहुँमा ७५४ जनामा डेंगु संक्रमण

२६ साउन,  तनहुँ । तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ। शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, […]

मुख्‍य समाचार समाचार

आज काठमाडौँका यी क्षेत्रमा ५ घण्टा विद्युत् अवरुद्ध हुने

२६ साउन, काठमाडौँ । काठमाडौँको थानकोट क्षेत्रमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु सहायक वितरक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो। प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

हसिना शेखका छोरा वाजेद बंगलादेशको राजनीतिमा आउने

२६ साउन, एजेन्स। आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी हसिना शेखका छोरा सजीव वाजेदले बंगलादेशको राजनीतिमा आउन आफू इच्छुक रहेको बताएका छन्। आमाले नेतृत्व गरेको अवामी लिग पार्टीलाई बचाउन आफू राजनीतिमा आउने धारणा वाजेदले टाइम्स अफ इण्डियासँगको अन्तर्वार्तामा व्यक्त गरेका छन्। अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेका वाजेदले टेलिफोनमार्फत दिएको अन्तर्वातामा अवामी […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कोटीहोम महायज्ञमा बैतडीका आचार्य कृष्णले दिए प्रवचन

२६ साउन,  काठमाडौँ । पशुपति परिसरमा चलिरहेको कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले शुक्रबार प्रवचन दिएका हुन । उनले प्रवचनका क्रममा कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको बताए । दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

पत्थरिया खोलामा एक पुरुष मृत फेला

२६ साउन, कञ्चनपुर । कञ्चनपुरको पत्थरिया खोलामा एक पुरुष मृत फेला परेका छन । शुक्रबार साँझ बेदकोट नगरपालिका – २ मुक्ति शिबिरका ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका – १० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेका हुन । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।