२२ श्रावण २०८३, शुक्रबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

३२ साउन, काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ । स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

सुशासन, सामाजिक न्याय र समुन्नति  सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री कार्की

३२ साउन, विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताए । कोशी प्रदेश सरकारको नेतृत्व गर्नुभएको १०० दिन आज पूरा गर्नुभएका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा पत्रकारसँगको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताए । मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धि, अर्थतन्त्रको सवलीकरण, सेवा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’आँधी

३२ साउन, जापान । जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’आँधी आएको छ । शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् । जापानको राजधानी टोकियोबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको अम्पिल आँधीले उत्तरतर्फ २१६ किलोमिटर प्रतिघण्टाको गति लिएको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारतीय अन्तरिक्ष एजेन्सीद्वारा पृथ्वी अवलोकन उपग्रहको सफलतापूर्वक प्रक्षेपण

३२ साउन, भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शुक्रबार पृथ्वी अवलोकन उपग्रह इओएस–०८ बोकेको तेस्रो र अन्तिम विकास उडान अर्थात सानो स्याटेलाइट लञ्च भेहिकल (एसएसएलभी)–डी ३ को सफलतापूर्वक प्रक्षेपण गरेको अधिकारीहरूले बताएका छन् । एसएसएलभी–डी ३ ले दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडी तटमा रहेको श्रीहरिकोटाको लन्च प्याडबाट स्थानीय समयानुसार बिहान ९ […]

मुख्‍य समाचार राजनीति समाचार

कानुनी अल्झन अन्त्य गरेर सेवा प्रवाह गर्न मन्त्री भण्डारीद्वारा निर्देशन

३२ साउन, कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कानुनी अल्झन सल्टाएर नागरिक सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा बसेको प्रदेश बाल अधिकार समितिको पहिलो बैठकमा उहाँले नगरिकमैत्री काममा कुनै अल्झन नआउने गरी काम गर्न सुझाएका हुन् । “कानुनका कारणले काम भएन भन्ने नहोस्,”उनले भने, “सेवा प्रदायक निकायले नागरिकलाई […]

अर्थ मुख्‍य समाचार समाचार

कर वृद्धिको विरोधमा व्यवसायीद्वारा व्यवसाय बन्द

३२ साउन, बागमती । कर वृद्धिको विरोधमा व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिका कार्यालय अगाडि धर्ना बसेका छन् ।  मकवानपुर उद्योग वाणिज्य सङ्घको आह्वानमा व्यवसायीले आ–आफ्ना व्यवसाय बन्द गरेर उपमहागरपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । सो क्रममा व्यवसायीले सटरको साँचोसमेत उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई बुझाएका छन् । हेटौँडा उपमहानगरपालिकाको […]

मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालले गठन गर्यो कोसी नामकरणविरुद्ध आन्दोलन परिचालन समिति

३२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबाट कोसी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको […]

अर्थ प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

होटल व्यवसायबाट मनग्य आम्दानी

३२ साउन, कञ्चनपुर ।‘कोशिसस गर्नेहरुको हार कहिल्यै हुदैन’भन्ने भनाइ शुक्लाफाँटा नगरपालिका १० झलारीमा होटल व्यवसाय सञ्चालन गर्दै आउनु भएका २८ वर्षीय रमेशबहादुर रावलको जीवनमा चरितार्थ हुन्छ ।अठार वर्षको उमेरमै होटल व्यवसाय सञ्चालन गरेका रावल मिहिनेती व्यवसायीका रुपमा परिचित छन् । विहान छ बजे देखि साँझ नौ बजे सम्मको समय रावलको होटलमै ग्राहकको सेवा सत्कारमा वित्ने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

३२ साउन, काठमाडौं ।  शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् । अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् । प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको स्रोतले बतायो । ‘दिगो विकास रणनीतिमा नेपालले […]

मुख्‍य समाचार समाचार समाज

जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई ३ सय शैय्याको बनाइने

३२ साउन, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्याको बनाउने प्रक्रिया अघि बढेको छ । अस्पतालमा तीन सय शैय्या थप गर्नेसम्बन्धी घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आइतबार गरेका थिए । सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा स्वासप्रस्वाससम्बन्धी उपचार सेवाका लागि तीन […]

मुख्‍य समाचार राजनीति समाचार

आठ हजार मिटर अग्ला १६ हिमाल आरोहण गर्नेे पासाङ नामगेललाई पर्यटनमन्त्रीद्वारा स्वागत

३२ साउन, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किँएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन् । मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गरेका हुन् । सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकको एउटै सिजनमा दुई पटक […]

मुख्‍य समाचार राजनीति समाचार

उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न ऊर्जामन्त्रीद्वारा निर्देशन

३२ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका थिए । केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको बोर्ड बैठकमा उनले मुलुकमा नवीकरणीय ऊर्जाको विकासका लागि […]