बन्दीपुरमा बाघजात्रा प्रदर्शन
९ भदौ, दमौली (तनहुँ) । पर्यटकीय तथा सांस्कृतिक नगरी तनहुँको बन्दीपुरमा शनिबार राति बाघजात्रा निकालिएको छ । संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित खड्गमाई सांस्कृतिक परिवारको आयोजनामा बाघजात्रा प्रदर्शन गरिएको हो । बाघजात्रा प्रदर्शन अगाडि शनिबार बिहान सर्वसाधारणलाई निम्तो बाँडिएको थियो । जात्राहरूको संरक्षण गर्ने उद्देश्यसहित बाघजात्रा देखाइएको सांस्कृतिक परिवारका सचिव सुजन श्रेष्ठले जानकारी दिए […]











