२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

३२ साउन, जनकपुरधाम। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता छन् ।महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भू–उपयोग सम्बन्धि नीति लागू नभएसम्म काठमाडौंको विकास हुँदैन् : इश्वर पोखरेल

३२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भू–उपयोग सम्बन्धी नीति प्रभावकारी ढंगले लागू गर्न नसकेसम्म काठमाडौंको विकास हुन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘काठमाडौं शहरीकरण वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक कार्यक्रममा उनले बस्ती बसाउने, खेती गर्ने र बजार बसाउने कहाँ भन्ने कुरामा नै अन्यौंल हुँदा जथाभावी र मनलाग्दी तरिकाले […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मधेश प्रदेशका मुख्यमन्त्री सिंह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

३२ साउन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश मन्त्रिपरिषद् सदस्यहरूसँग कार्यसम्पादन सम्झौताका लागि करार गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले आर्थिक वर्ष २०८।२०८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौताका लागि करारपत्रमा हस्ताक्षर गरेका हुन् । मुख्यमन्त्री सिँहले कार्यसम्पादन सम्झौताका लागि भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

हिम पहिरोका कारण थामे गाउँ प्रभावित

३२ साउन, विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा गएको हिम पहिरोको कारण थामे गाउँ प्रभावित भएको छ । हिम पहिरोको कारण थामे गाउँमा आएको बाढीले केही घर समेत बगाएको छ । दूधकोशी नदीमा आएको बाढीले केही घर र होस्टेल समेत बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती छन् तर […]

मुख्‍य समाचार समाचार समाज

वन विकासका बाधकऐन कानुनहरु संशोधन गरिन्छ : मन्त्री शाही

३२ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रको प्रभावकारी विकासको लागि ऐन कानुनहरु बाधकको रुपमा रहेको भन्दै त्यसलाई संशोधन गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सरकारको नीति तथा कार्यक्रममा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयन अवस्था र उपलब्धीहरुका सम्बन्धमा मन्त्रालयसँग छलफलमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजा युद्धविराम वार्ता दोस्रो दिनमा

३२ साउन, गाजा । गाजा युद्धविरामका लागि वार्ता समूहहरू शुक्रबार दोस्रो दिन कतारमा पुनः जुटेका छन् । इजरायलमा रहेका शीर्ष युरोपेली कूटनीतिज्ञहरूले युद्धविरामका लागि व्यापक दबाब दिने अपेक्षा गरिएको छ । इजरायलले सम्झौतामा अवरोध पुर्‍याएको आरोप लगाउँदै यसअघि सहमति भएका शर्तहरूको कार्यान्वयनमा जोड दिँदै आएको हमासबिना बिहीबार कतारको राजधानी दोहामा पुनः युद्धविराम वार्ता भएको थियो […]

मुख्‍य समाचार समाचार समाज

मन्त्रिपरिषद् बैठक : परराष्ट्रमन्त्री डा राणाको भ्रमण स्वीकृत

३२ साउन, काठमाडौँ । पराष्ट्रमन्त्री डा आरजु राणाले आगामी भदौ २ गतेदेखि ६ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्ने भएका छन् । नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको तर्फबाट हुन लागेको यो पहिलो भ्रमण हो । परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमणसम्बन्धी कार्यक्रमलाई सरकारले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को यही साउन ३१ गतको बैठकले उक्त निर्णय […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अर्थमन्त्री उज्वेकिस्तान र परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने

३२ साउन, काठमाडौं ।सरकारले उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौं वार्षिक बैठकमा अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । विहीबार बसेको बैठकले असोज ९ देखि १० सम्म उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने बैठकमा सहभागी हुने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा […]

मुख्‍य समाचार राजनीति समाचार

विधेयकहरु परिष्कृत रुपमा अगाडि बढाउने प्रतिवद्धता

३२ साउन, काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई जनताको पक्षमा सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरुसँगको छलफलमा उनले विधेयकलाई परिष्कृत रुपमा संविधान, कानून अनुसार संशोधन स्वीकार गरि […]

अर्थ मुख्‍य समाचार समाचार

बैङ्गिक सिस्टमलाई नकारात्मक असर पार्नेकामलाई कसूर मान्नुपर्छ : गर्भनर

३२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तिय दायित्वलाई खलल पार्ने र बैकिङ्ग सिस्टमलाई नकारात्मक असर पार्नेगरी हुने कामलाई कसूर मान्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफल उनले बैकिङ्गकसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकको मस्यौदालाई पुन पुर्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

ठिक ढंगले काम गर्न नसक्दा भ्रष्टाचार बढिरहेको छ : मन्त्री गुरुङ

३२ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव र ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताएका छन् । शुक्रबारकाठमाडौंमा राष्ट्रिय समाचार समितिको‘रासस मिडिया संग्रहालय’ शुभारम्भ गर्दै उनले भ्रष्टाचारहरु भइरहने, बिचौलियाको प्रभाव बढिरहने र जनताको आशा र अपेक्षा प्रतिउत्तरदायी हुन नसक्ने खालको परिस्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न मिडियाको ठूलो भूमिका […]

मुख्‍य समाचार राजनीति समाचार

टीआरसी टुंगिन लागेकोमा अमेरिकाले नेपाललाई दियो बधाइ

३२ साउन, काठमाडौं । नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाइ दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसदबाट विधेयकसमेत पारित भएको पृष्ठभूमिमा अमेरिकाको बधाइ नेपाललाई प्राप्त भएको हो । नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन […]