चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध उजुरी
९ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ तथा सञ्चारकर्मी ज्वाला संग्रौलाले प्रहरीमा उजुरी दिएकी छन् । प्रसाईंले आफ्नो चरित्रहत्या गरेको भन्दै संग्रौलाले प्रहरीको साइबर ब्युरोमा आइतबार उजुरी हालेकी हुन् । आफूले सबै प्रमाणसहित प्रक्रियागत रुपमा उजुरी दिएको संग्रौलाले बताइन् । आज समयाभावका कारण ब्युरोले उजुरी दर्ता गर्न नभ्याएको उनको भनाइ छ […]











