२२ श्रावण २०८३, शुक्रबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग

३२ साउन, रामपुर । पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमध्ये ‘प्राइभेट फार्म’९३ र साझेदारी फार्म चारवटा छन् । गतवर्ष ४३ महिला र ६० पुरुष गरी एक सय […]

मुख्‍य समाचार राजनीति समाचार

अध्यक्ष दाहालसँग बेलायतको राजदूत फेनको भेट

३२ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । ललितपुरको खुमलटारस्थित निवासमा आज भएको भेटमा अध्यक्ष दाहालले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको जानकारी गराउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत […]

अर्थ मुख्‍य समाचार

सुनको मूल्य घट्दा चाँदी बढ्यो

३२ साउन, काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९ सय  रूपैयाँले घटेको हो । बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ४९ हजार  ६ सय  रूपैयाँमा कारोवार  भैइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य भने […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा

३२ साउन, गलकोट । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्कनुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाउनुभएका उहाँले तीन हजार चल्ला थप्ने तयारी गर्नुभएको छ । एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर […]

मुख्‍य समाचार समाचार समाज

मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ

३२ साउन, धरान । चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् । बराहक्षेत्र नगरपालिका– १ मा चतरा गुठीको स्वामित्वका ती तत्काल मर्मतसम्भार हुनुपर्नेमा महन्त विनायक पुरीले जोड दिएका छन् । मठको गद्दीदेखि मूर्तिसम्म गद्दीसम्मका संरचना जीर्ण बनाकाले तत्काल मर्मतसम्भार थाल्नुपर्ने उनको माग छ । उनले धार्मिक एवं पुरातात्विक महत्वका […]

मुख्‍य समाचार समाचार

सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन

३२ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो । […]

प्रवास मुख्‍य समाचार राजनीति

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

३२ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् । मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी […]

मुख्‍य समाचार राजनीति समाचार

सानो पाइल संस्थाको मन्त्रीले गरे प्रशंसा

३२ साउन, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सानो पाइला संस्थाले समाजमा एकल रहेका व्यक्तिहरुको संरक्षणमा सहयोग पुर्याएको बताएका छन् । शुक्रबार सानो पाइलाको परियोजना उद्घाटन गर्दै मन्त्री चौरसियाले यस्तो बताएका हुन् । उनले  भने, ‘जहाँ जहाँ समाजमा पीडा छ, सामाजिक न्यायको आवश्यक्ता छ त्यहाँ डोनर वा पार्टनरहरुको सहयोगमा संस्थाले राम्रो काम […]

मुख्‍य समाचार समाज

नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै नेवार समुदायका अगुवा

३२ साउन, मध्यविन्दु (नवलपरासी) । बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । यहाँका अगुवाले तालिम सञ्चालन समुदायको संस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् । सीका नेवाः गुठी अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार गुठीले बालबालिका र युवालाई कला, संस्कृति जगेर्ना गर्न लाखे नाच, धिमेबाजा, मादल र झ्याली संरक्षण […]

मुख्‍य समाचार समाज

लमजुङका दुई लाख २८ हजार पशुलाई खोप

३२ साउन, लमजुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ । केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग निययन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई खोप लगाइएको छ । गाईवस्तु, २९ हजार […]

मुख्‍य समाचार समाज

भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

३२ साउन, काँक्रेविहार (सुर्खेत) । भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा […]

मुख्‍य समाचार समाज

दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली

३२ साउन, फिक्कल (इलाम)। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ । चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ […]