७ कार्तिक २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार

मन्त्री आरजु निवास अगाडि शंकास्पद वस्तु भेटियो

९ भाद्र, धनगढी । कैलालीको धनगढीमा नेपाली कांग्रेस नेतृ तथा परराष्ट्र मन्त्री आरजु देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिका –४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा […]

मुख्‍य समाचार समाचार समाज

आज गौराको पर्वकाे बिदा

९ भाद्र, काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । नगरपालिकाले शनिबार साँझ एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा मनाईने गौरा पर्वको अवसरमा बिदा दिएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीद्वारा जारी एक सूचनामा साउन २७ गते कार्यपालिकाले गरेको निर्णयअनुसार भाद्र ९ गते आईतबार विदा दिइएको उल्लेख छ । […]

मुख्‍य समाचार राजनीति समाचार

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

९ भाद्र, काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन बानेश्वरमा अपराह्न १:१५ बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९-८० सभासमक्ष पेस संसद् सचिवालयले जानकारी दिएको छ । यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद […]

मुख्‍य समाचार समाचार समाज

आज यी प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

९ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो […]

मनोरन्जन मुख्‍य समाचार

चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

८ भाद्र, काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको छ । हलमा यसअघि नै बजाउन थालिएको ट्रेलर युट्युबमा आज सार्वजनिक गरिएको हो । ट्रेलरमा विवाहका लागि छोरीलाई मनाउन परिवारले गरेको प्रयास, छोेरीले गरेको अस्वीकार र भिन्नभिन्न स्वभावका केटा देखाइएको छ । उमेर बढ्दै जाँदा छोरीको विवाह गर्न हुने सामाजिक समस्यालाई सिनेमाले कमेडी शैलीमा प्रस्तुत […]

खेलकुद मुख्‍य समाचार समाचार

भलिबल टिमलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका चार टिमलाई शनिबार नगद रकमसहित सम्मान गरेको छ । संघले काठमाडौंमा एक कार्यक्रम गर्दै काभा बिच भलिबलका स्वर्ण र रजतपदक विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत र काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको कांस्यपदक विजेता टिमलाई पुरस्कार प्रदान गरेको हो । काठमाडौंमा भएको काभा […]

मुख्‍य समाचार समाचार समाज

कैलाश मानसरोवर जाने राजमार्ग अवरुद्ध

रसुवा । वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा कैलाश मानसरोवर दर्शनका लागि जाने दर्शनार्थीहरू प्रभावित भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिए । यातायातका साधन बन्द भएपछि कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादीको टाउकोमाथि तरबार थियो, अब हट्यो : ‘प्रचण्ड’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीलाई ढुक्क भएको बताएका छन् । शनिबार पार्टीको नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा उनले माअ‍ोवादीको टाउकोमाथि झुण्डिएको तरबार हटेको टिप्पणी गरे । ‘अब तपाईँ हाम्रो टाउकोमा तरबार झुन्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन’, […]

मुख्‍य समाचार समाचार

डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु

डोटी । डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-१ बाँझ बस्ने धन बहादुर खड्काकी श्रीमती वर्ष २७ की निर्मला खड्काको सर्पको टोकाईबाट शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । घर नजिकै खेतमा घाँस काट्ने क्रममा बायाँ खुट्टामा डसेर घाइते भएकी खड्कालाई उपचारका […]

मुख्‍य समाचार समाचार

खोलामा डुबेर दुई किशोरको मृत्यु

रुपन्देही । कपिलवस्तुमा फुटबल खेलेर खोलामा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ । बाणगंगा नगरपालिका- ८ ढोडेकोलका दुई युवकको डुबेर शनिबार मृत्यु भएको हो । मोर्मीस्थित कोइलीखोलामा नुहाउन गएका ढोडेकोलका ठाकुर भण्डारीका १५ वर्षका छोरा प्रतीक र सोही ठाउँ बस्ने कृष्ण सापकोटाका १६ वर्षीया सरोज सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अफगानिस्तानमा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

काबुल । अफगानिस्तानमा तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागू गरेको ग्लोबल न्यूजले जनाएको छ । यो कानूनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ । अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको ‘सद्गुणको प्रचार र दुराचारको रोकथाम’ मन्त्रालयले नयाँ कानून जारी गरेको हो । […]

मुख्‍य समाचार समाचार

सुनकोशीमा कार खस्यो, तीन बेपत्ता, एक यात्रु पौडिएर निस्किए

८ भाद्र, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ । कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ । नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।