६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

दुई ठुला दलहरु देशको विशष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएका हौं : गृहमन्त्री

१९ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै उनले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए । उनले भने,‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ । नवनिर्मित भवनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीबाट दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२ औँ सम्मेलन उद्घाटन

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको उद्घाटन गरेका छन् । उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताएका हुन् । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो […]

खेलकुद मुख्‍य समाचार समाचार

अब हामी गर्वकोसाथ भन्न सक्छाैं, हामीसँग पनि ओलम्पिक मेडल छ : पलेशा

१९ भदौ, काठमाडौं । पेरिस पारालम्पिकमा कास्यक पदक विजेता पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वकासाथ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताएकी छिन् । बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा उनले सबैल पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर आशा गरिरहेको अवस्थामा त्यो आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पदक विजेता पलेसालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत : बाजागाजासहित नगर परिक्रमा गराइँदै

१९ भदौ, काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन काठमाडौं आइपुगेकी छन् । पेरिसमा ओलम्पिक २०२४को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जितेकी थिइन् । ऐतिहासिक पदक विजेता पलोसासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए । उनको सम्मानमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

१९ भदौ, काठमाडौं । फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा  १२ जनाको मृत्यु भएको छ । मृतकमा छ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन् । फ्रान्सको तट रक्षकका अनुसार, ५० भन्दा बढी मानिसलाई क्याप ग्रिस–नेज, बुलेग्न–सुर–मेरको नजिकबाट उद्धार गरिएको […]

मुख्‍य समाचार समाचार समाज

१५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरष पक्राउ

१९ भदौ, संखुवासभा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरी बहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । हरी बहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

१९ भदौ, काठमाडौं । सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेपछि अब सुर्खेतमा समेत क्यान्सर उपचार शुरु हुने भएको हो । मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

वडा अध्यक्षले ५ बर्ष देखि यौन शोषण गरेको महिलाको आरोप

१९ भदौ, रौतहट । जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ९ सोनरनियाका निर्वाचित वड़ा अध्यक्ष माथि गाउँकै एक महिलाले यौन शोषणको आरोप लगाएका छन । बिबाहको प्रलोभन दिएर बिगत ५ बर्ष देखि वड़ा अध्यक्ष श्यामकिशोर साहले यौन शोषण गर्दै आएको पीड़ित महिला बिनीता देवी महतोले आरोप लगाएकी हुन । आइतवार संचारकर्मीहरु संग कुरा गर्दै महतोले कोरोना […]

मुख्‍य समाचार समाचार समाज

मकवानपुरको राक्सिराङमा दुई दिन सार्वजनिक बिदा

१९ भाद्र,  काठमाडौँ । चेपाङ समुदायको बाहुल्यता रहेका मकवानपुरको राक्सिराङ गाउँपालिकाले न्वागी (छोनाम) पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रकृति पुजकका रुपमा चिनिने अति सीमान्तकृत समुदाय चेपाङ जातीको महत्वपूर्ण पर्व न्वागीको अवसरमा भदौ २१ र २२ गते सार्वाजनिक बिदा दिने निर्णय भएको पालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ […]

मुख्‍य समाचार समाचार

मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध

१९ भाद्र,  काठमाडौँ । मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध भएको छ । मङ्गलबारको अबिरल वर्षापछि मध्यरातमा आएको पहिरोले राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका-२ कुखुरेटारस्थित मध्यपहाडी लोकमार्गमा सडकको माथीबाट ढुङ्गा माटोसहितको सुख्खा पहिरो आई अन्दाजी १५ मिटर जति बाटो ढाकेका कारण बाटो दुईतर्फी नै अवरोध भएको […]

मुख्‍य समाचार समाचार

नाबालिग दिदीबहिनी मृत प्रकरण : आमा अस्मिता बिर्तामोडमा भेट्टिइन्

१९ भाद्र,  काठमाडौँ । चार दिन अघि मृत नावालिग छोरीहरूलाई छाडेर बेपत्ता भएकी अस्मिता न्यौपाने बिर्तामोडमा फेला परेकी छन् । आमा बेपत्ता हुँदा आमाले नै छोरीहरूलाई विष खुवाएर हिँडेको आशङ्का गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ नावालिग मृत फेला परेका थिए । नावालिग मृत फेला परेको ५ दिनपछि आमा अस्वस्थ अवस्थामा […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियानमा बालेन समर्थक

१९ भाद्र,  काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन् । मंगलबार बालेनले आफ्नो फेसबुक स्टाटस सरकारले हटाइदिएको बताएपछि उनका समर्थकहरूले फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका हुन् । मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार […]