२१ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल एयरलाइन्सको अवस्था कमजोर छ : बद्री प्रसाद पाण्डे

१० भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको बताएका छन् । सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण समारोहमा उनले नेपालको हवाइ सेवा राम्रो छ भन्ने विश्वास दिलाउने हो भने मात्र पर्यटकहरु आउने भन्दै उड्डयानको क्षेत्रलाई बलियो बनाउन नसक्दा […]

मुख्‍य समाचार समाचार समाज

नेशनल अस्पतालको फोहोर व्यवस्थापन लथालिङ्ग

१० भदौ, काठमाडौं । कलंकीका सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहोर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहोरको व्यवस्थापनमा चरम लापरवाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिएका छन् । ‘वार्डहरुबाट उत्पादन भएको फोहोर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा […]

मुख्‍य समाचार राजनीति

नेकपा एसले पदाधिकारीलाई पूर्णता दिने, कार्ययोजना बनाउने

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । आइतवारदेखि सुरु भएको बैठक भोलिसम्म चल्ने महासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उनले बैठकले पदाधिकारी, स्थायी कमिटिका सदस्यहरु र पोलिटब्यूरो सदस्यहरु चयन गर्दै केही कार्ययोजना पनि बनाउने बताए । उनले भने, ‘बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरु चयन […]

मुख्‍य समाचार राजनीति समाचार स्वास्थ्य

स्वास्थ्य सेवा प्रभावकारी बनाउन निजी क्षेत्रको सहभागिता जरुरी : मन्त्री पौडेल

१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताएका छन् । सोमबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले तीन सय बेडका सबै अस्पतालहरुमा नीजि क्षेत्रको सहभागितामा जनशक्ति बढाउने र भएको उपकरणहरुको प्रभावकारी तरिकाले प्रयोग गर्नुपर्ने बताए । उनले भने, ‘हामीले […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘थाई फिल्म फेस्टिबल नेपाल २०२४’

१० भदौ, काठमाडौं । काठमाडौंको रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिबल नेपाल २०२४’ आयोजना गर्ने भएको छ । दूतावासले छाया सेन्टर क्यु एफएक्समा ३० अगस्टदेखि १ सेप्टेम्बरमा थाई फिल्म फेस्टिबल नेपाल २०२४ आयोजना गर्ने भएको हो । यो फिल्म फेस्टिबल चौथो फिल्म फेस्टिबल हुने काठमाडौंस्थित थाई दूतावासले जनाएको छ । यसअघि थाई फिल्म फेस्टिबल २०१३ […]

मुख्‍य समाचार समाचार समाज

लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक

१० भदौ, फिक्कल (इलाम) । आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला आज सार्वजनिक गरिएको हो । याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार मधुराज केरुङ, चुम्लुङ प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग

१० भदौ, फिक्कल (इलाम) । इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएवापत सो सहयोग उपलब्ध गराउँदै आएको हो । देउमाईले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत नगरभित्र स्थायीरुपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता […]

मुख्‍य समाचार समाचार समाज

पाँच सय बढीमा डेङ्गी सङ्क्रमण

१० भदौ, चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन्भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंमा अष्टिम्की पर्व मनाउँदै थारू समुदाय

१० भदौ, काठमाडौं । पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाउँदै छन्। काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बान्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरेर थारु समुदायका महिलाहरुले अष्टिम्की पर्व आयोजना गरिएको अष्टिम्की मूल आयोजक समितिका सल्लाहकार शिवशक्ति थारूले जानकारी दिए । उनका अनुसार दुई दिनसम्म मनाइने यो पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी

१० भदौ, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दि, व्यापार घाटा, उद्योग तथा व्यावसायीक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । काठमाडौँमा आज आयोजना गरिएको सुदूरपश्चिम समाजको १५औँ साधारणसभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

१० भदौ, काठमाडौँ । यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् । आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुनेछ । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या

१० भदौ, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो । मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भने, “पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, […]