६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार समाचार समाज

आज बिदा छैन, नक्कली सूचना निकाल्नेलाई कारबाही हुँदैछ –गृह मन्त्रालय

१९ भाद्र,  काठमाडौँ । गृह मन्त्रालयले बुधवार(आज) कुनै बिदा नभएको जनाएको छ । कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सूचना प्रकाशन भएसँगै मन्त्रालयले सो को खण्डन गरेको हो । साथै विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिबारे अनुसन्धान शुरु गरी कारबाही प्रक्रिया […]

मुख्‍य समाचार समाचार समाज

माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त

१९ भाद्र,  कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सरकारी विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो । गाउँपालिकाले प्रअ नियुक्तिका लागि आवेदन माग गरेको थियो । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाका […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्ने

१९ भाद्र,  काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको हो । यसअघि मंगलबार पहिलो खेल भने बर्षाले रद्ध भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग( २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा रहेको […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पेरिस पारालिम्पिक्समा पदक विजेता पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने

१९ भाद्र,  काठमाडौँ ।  पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नगर परिक्रमा गराउँदैछ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गराउन लागेको राखेपले जनाएको छ । पलेशा आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र साढे ८ बजेपछि नगर परिक्रमा […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

१९ भाद्र,  काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले […]

मुख्‍य समाचार राजनीति समाचार

आज पाँच संसदीय समितिको बैठक बस्दै

१९ भाद्र, काठमाडौँ । संघीय संसद्अन्तर्गत आज पाँच संसदीय समितिका बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरवारमा […]

मुख्‍य समाचार समाचार

जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा बन्यो बसपार्क

१९ भाद्र, बागलुङ । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि दाबगरामा बस पुगेको छ। उनसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए। लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे। बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै […]

मुख्‍य समाचार समाचार

विद्यालयमा लप्सीको अचार बनाउन सिकाइँदै

१९ भाद्र, गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार बनाउने सिकाएर आयआर्जनसँग जोड्न थालिएको विद्यालयका शिक्षक एवं सिक्दै कमाउँदै कार्यक्रमका संयोजक अनुपबाबु श्रेष्ठले जानकारी दिए । विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पढ्दै कमाउन सिकाउनका लागि विद्यालय हाताभित्र लप्सीको अचार उत्पादन […]

मनोरन्जन मुख्‍य समाचार समाचार

अभिनेत्री पूजालाई समीक्षाको चेतावनी- फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्

१९ भाद्र, काठमाडौँ । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी दिएकी हुन्। उनले भनेकी छन्- अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी […]

मुख्‍य समाचार समाचार समाज

शिर मेमोरियल अस्पताललाई एशियाली स्तरको अवार्ड प्राप्त

१९, भाद्र, काठमाडौँ । बनेपामा रहेको काभ्रे जिल्लाकै पुरानो शिर मेमोरियल अस्पतालले ग्रामीण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएकोमा एशियाली स्तरको अवार्ड प्राप्त गरेको छ । ग्रामीण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएवापत एशियाली स्तरमा १५ देशका १ सय १३ वटा अस्पतालबाट ३ सय ७ जना सहभागी मध्ये बनेपाको शिर मेमोरियल अस्पतालले उत्कृष्ट भई अवार्ड […]

मुख्‍य समाचार समाचार समाज

अस्वस्थ जीवनशैलीले बढ्यो नसर्ने रोगको जोखिम

१९ भाद्र, काठमाडौँ । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरू बताउँछन्। विज्ञहरूका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ। मुटु रोग विशेषज्ञ डा.राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, […]

मुख्‍य समाचार समाचार समाज

बिहीबारदेखि सुकिलुम्बा विमानस्थलबाट हवाई उडान हुने

१९ भाद्र, इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए । गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन । त्यस्तै […]