२१ श्रावण २०८३, बिहीबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी

१० भदौ, चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकारसँग […]

मुख्‍य समाचार समाचार समाज

क्याफेबाट लागुऔषध विक्री गरेको आरोपमा ४ जना पक्राउ

१० भदौ, काठमाडौं । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी–९ का २९ वर्षीय अमल पोख्रेल र गोदावरी नगरपालिका–७ का ३५ वर्षीय पदम लामा छन् । पक्राउ परेका मध्ये महर्जन […]

मुख्‍य समाचार समाचार समाज

प्रसुति गृहबाट एक वर्षमा साढे २२ हजारले लिए सुत्केरी सेवा

१० भदौ, काठमाडौं । थापाथालीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट पछिल्लो एक वर्षमा २२ हजार ३७९ जनाले सुत्केरी सेवा लिएका छन् । सोमबार ६५ औं वार्षिक उत्सवको अवसरमा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले १० हजार भन्दा बढीले शल्यक्रियामार्फत सन्तान जन्माएको जानकारी दिए । महिला स्वास्थ्यसम्बन्धी मुलुकको एकमात्र केन्द्रीय विशिष्टीकृत अस्पतालले मातृ शिशु स्वास्थ्यको क्षेत्रमा […]

मुख्‍य समाचार राजनीति

जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य

१० भदौ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी÷कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ । हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । कार्य विभाजन अनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिएका छन् । यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

नसा च्यापिएका बिरामीले के-कस्ता सावधानी अपनाउने ?

१० भदौ, काठमाडौँ । नसा च्यापिने धेरैले भोगिरहेको समस्या हो । यो रोग लागेका व्यक्तिले धेरै कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ । जीवनशैली परिमार्जन नै यो रोगको मुख्य उपचार भएकाले रोगको व्यवस्थापन र रोकथाम महत्त्वपूर्ण छन् । नियमित व्यायाम, वजन सन्तुलन, राम्रो शरीर–विन्यासको अभ्यास, ढाड, कम्मर र गर्दनमा तनाव हुने गतिविधि निरुत्साहित गर्नाले धेरै हदसम्म नसा […]

खेलकुद मुख्‍य समाचार समाचार

एएफसी महिला च्याम्पियन्स लिगमा रेखा पौडेलको पहिलो गोल

१० भदौ, काठमाडौं । नेपाली युवा फरवार्ड रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा यूएईको क्लब अबुधाबी कन्ट्री क्लबका लागि खेल्दै ऐतिहासिक गोल गरेका हुन् । समूह ए अन्तर्गतको पहिलो खेलमा यूएईको अबुधाबीले लाओसको योङ इलिफन्ट्सविरुद्ध २-१ ले पराजित गर्दा रेखाले गोल गरेकी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मुग्लिन-आँबुखैरेनी सडक दिउँसो १ बजेसम्म पनि बन्द

१० भदौ, काठमाडौं । मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ३ घण्टा मात्रै बन्द गर्ने भनिए पनि साढे ६ घण्टासम्म पनि खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायले बस निकाल्न नसकिएकाले बाटो खुल्न अझै केही घण्टा समय लाग्ने बताए । ‘एउटा मात्र क्रेनले बस निकाल्न […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन्

१० भदौ ,जलेश्वर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरमास्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ । जलेश्वर अस्पताललाई सधैँ  ‘रेफर’ अस्पतालका रुपमा सुनिँदैै आएको र चिकित्सक ‘अनकल’ (फोन गरेपछि मात्रै आउने) मा रहने गरेको सुनिँदै आएको जानकारी प्राप्त गरेको आधारमा उहाँ आइतबार राति छड्के जाँच तथा निरीक्षण गर्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले जनताका सबैखाले निराशालाई चिर्नेछ : मन्त्री भण्डारी

१० भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनताका निराशाहरुको अन्त्य गरि आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरु सहजीकरण गरि जनतामा देखिएको निराशा हटाउन सरकार लागि परेको […]

मुख्‍य समाचार राजनीति समाचार

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापी नहुने बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उदघाटन कार्यक्रममा बोल्दै उनले, सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताए । […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

साँढेमाथि नगर प्रहरीको बर्बरता: मरणासन्न बनाएर खोलामा फालियो

१० भदौ, जनकपुरधाम । जनकपुरधामका नगर प्रहरीले साँढेलाई मरणासन्न हुने गरी अचेत बनाएर खोलामा फाल्ने गरको घटना सार्वजनिक भएको छ । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज स्थित बसही खोलाको किनारमा एउटा मृत र दुईवटा अचेत अवस्थामा साँढे फेला परेको थियो । त्यो साँढेहरु जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट तथा अचेत गरी टिपरमा लगेर फालेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री भन्छन्– विरोध गर्न कारण चाहिँदैन, उनीहरु भत्ता पचाइरहेका छन्

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाएका छन् । अहिले नेपाली समाजमा विरोध गर्न, कसैको इज्जतमा धावा बोल्न, अपमानजनक अभद्र शब्दहरु प्रयोग गर्न केही कारण नचाहिने भन्दै ओलीले भने, ‘ती युवाहरु, ती व्यक्तित्वहरु यत्तिकै त्यसो गरिरहेका छैनन् । तिनीहरु पारिश्रमिक पचाइरहेका छन्, भत्ता पचाइरहेका […]