६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार समाचार समाज

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूखुशी गरेको भन्दै कर्मचारी र स्थानीयबासीले गरे आन्दोलन

१९ भदौ, काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केहीपनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरु आन्दोलित छन् । बुधबार प्रत्यारोपण केन्द्र अगाडि उनीहरुले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका हुन् । उनीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारवाही […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भाषा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

१९ भदौ, काठमाडौं ।  भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ । बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल ठाकुरले वार्षिक प्रतिवेदन बुझाएका हुन् । भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरु तर्फ बजेट कम रहेकोले कामहरु धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गरे । उनले २०८० र ८१ मा कार्यक्रमहरु तर्फ […]

मुख्‍य समाचार राजनीति

एमाले पोलिटब्यूरो बैठक सुरु

१९ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्यूरो बैठक आज दोस्रो दिन पनि सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक केहीबेर पहिला सुरु भएको हो । बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको […]

मुख्‍य समाचार समाचार

तीन महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान सुरु

१९ भदौ, ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा आजदेखि पुनः उडान सुरु भएको छ । मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान सुरु भएको हो । प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेयता उडान भएको थिएन । नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख नारायणकुमार कार्कीले ‘भिजिबिलिटी’ कम भएकाले उडान […]

मुख्‍य समाचार समाचार समाज

मासिँदै कालीगण्डकीको जलसभ्यता

१९ भदौ, गलेश्वर (म्याग्दी) । सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ । धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता सङ्कटमा पर्न थालेको हो । पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला […]

मुख्‍य समाचार समाचार

अन्टार्क्टिका पुग्ने पहिलो नेपालीलाई गृह जिल्लामा सम्मान

१९ भदौ, गलकोट (बागलुङ) । अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । रु नौ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

बालविवाहविरुद्ध अभियानमा विद्यालयका छात्रा

१९ भदौ, महोत्तरी । महोत्तरीमा विद्यालयका किशोर वयका छात्राको बालविवाहविरुद्ध अभियानमा सक्रियता बढेको छ । विद्यालयमा माध्यमिक तहका छात्राले अब निर्धक्क बालविवाहविरुद्ध आफ्नो अभिमत सङ्गठित रुपमा राख्न थालेका हुन् । बालविवाहविरुद्ध विद्यालयपिच्छे छात्राहरुले ‘बालविवाहविरुद्ध सचेतना समूह’ बनाएका छन् । पछिल्लो समयमा जिल्लाका १५ स्थानीय तहमध्ये सातले बालविवाहविरुद्ध बस्तीबस्तीमा सचेतना अभियान सञ्चालन गरेपछि किशोरीहरुको अभियानले थप […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

१९ भदौ, चितवन । जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

१९ भदौ, भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए […]

मुख्‍य समाचार समाचार समाज

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

१९ भदौ, रुकुम । रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा रु १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा रु १५ लाख अनुदान पाएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर रु पाँचका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

१९ भदौ, वाराणसी । वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् । भारतको पवित्र सहर वाराणसीमा गङ्गा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन् जहाँ हरेक वर्ष हजारौँ हिन्दू श्रद्धालु आफ्नो अन्तिम दिनहरू […]

मनोरन्जन मुख्‍य समाचार

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

१९ भदौ, काठमाडौं । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ सुरुवाल मात्र लगाएर […]