१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

‘देशमै बस्न सक्ने अवस्था नबनाएसम्म युवा दिवसको के अर्थ ?’

१७ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलनल चौधरीले, जबसम्म युवाहरुलाई नेपालमा बस्न योग्न बनाउन सकिँदैन तबसम्म युवा दिवस मनाएर मात्रै केही नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस २०२४ मूल समारोह समिति गठन कार्यक्रममा उनले जबसम्म युवाहरुलाई देशमै रोजगारी सृजना गर्न, युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् तबसम्म युवा दिवस […]

मुख्‍य समाचार राजनीति

गणित र राष्ट्रिय राजनीतिलाई हेरेर मात्र सरकारमा जान्छौं : राजेन्द्र लिङदेन

१७ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभगी हुने सवालमा पार्टीको गणित र राष्ट्रिय राजनीतिको अवस्था हेरेर मात्र जाने-नजाने निर्णय गर्नुपर्ने बताएका छन् । विहीबार जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताको कुरा पार्टीले विश्लेषण गरेर निर्णय गरेपछि मात्र टुङ्गो लाग्ने भन्दै व्यक्तिगत चाहनाले निर्णय हुने विषय नभएको बताए । […]

मुख्‍य समाचार समाचार समाज

प्रभु बैंकमा राखिएको पैसा गायब, छानविन हुँदै

१७ साउन, झापा । प्रभु बैंकले बचतकर्ताको करोडौं रकम गायव पार्ने गरेको पाइएको छ । प्रभु बैंकमा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालको करोडबढी रकम गायब भएपछि बैंकले बचतकर्ताको रकम गायब पार्ने गरेको पाइएको हो । नेपालले गत माघ ३ गते प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ६ महिनाका लागि […]

अनौठो संसार मुख्‍य समाचार समाचार साहित्य/ समाचार

मुना चौधरीको “लार” यशस्वी पुरस्कारको सर्टलिस्टमा

काठमाडौं । यशस्वी पुरस्कारको सर्टलिस्टमा मुना चौधरीको कथा संग्रह “लार” पनि परेको छ । प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने यशस्वी पुरस्कारका लागि सर्टलिस्ट तयार पारिएकोमा मुना चौधरीकोद्धारा लिखित कथा संग्रह “लार” पनि परेको हो । यशस्वी प्रज्ञा प्रतिष्ठानले २०८० सालभित्र प्रकाशित भएका पाँच विधाका पुस्तकहरु आह्वान गरेकोमा प्रतिष्ठानलाई प्राप्त पुस्तकहरुमध्ये पहिलो चरणमा तीन विधाका पुस्तकहरु सार्वजनिक […]

मुख्‍य समाचार राजनीति समाचार

भलिबललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिनुपर्छः मन्त्री चौधरी

१७ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरू भएको काभा नेशनल वुमन्स लिगको सम्बोधन गर्दै भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने बताएका हुन् । खेलकुद मन्त्रीले भने, ’अब देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो […]

मुख्‍य समाचार राजनीति

हामी पुष्पलालले भनेजस्तै बाम–लोकतान्त्रिक सहकार्यकै बाटोमा आइपुगेका छौं : मन्त्री पाण्डे

१७ साउन, काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिका एक धरोहर भएको बताएका छन् । नेपालमा बाम लोकतान्त्रिक सहकार्यका आवश्यक भनेर पुष्पलालले पहिल्यै भन्नुभएजस्तै आज कांग्रेस–एमाले एकै ठाउँमा आइपुगेको औंल्याए । विहीबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले भने,‘नेपालमा वाम–लोकतान्त्रिक सहकार्य हुनुपर्छ भनेर पुष्पलालले प्रारम्भदेखि […]

मुख्‍य समाचार राजनीति

स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गा चाँडै फुकुवा हुन्छ : मन्त्री सिंह

१७ साउन, काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गाका सम्बन्धमा मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्ने बताएका छन् । विहीबार सिंहदरबारमा आयोजित बधाइ कार्यक्रममा उनले जग्गाको रोक्कामा रहेको कारणले आएको समस्या छिटै टुङ्गोमा पुर्याउने बताए । उनले भने, ‘स्मार्ट सिटी बनाउने योजनाको लागि जग्गा रोक्कामा रहेका कारणले समस्या भएको […]

मुख्‍य समाचार राजनीति समाचार

पुष्पलालको विचारबाट म प्रभावित भएको हुँः माधव नेपाल

१७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट  आफू प्रभावित भएको बताएका छन् । बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले  सबै  योद्दाहरुलाई  सम्झिनुपर्ने  बताएका हुन् । उनले  भने,  ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको  विचारबाट  म प्रभावित हुँ, २०२६ सालमा उहाँले  सञ्चालन गर्नुभएको  पार्टीको  सदस्य, र  […]

खेलकुद मुख्‍य समाचार समाचार

साँगामा आजदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

१७ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कूलमा आजदेखि विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पुलिस स्कूलद्वारा आयोजित सो प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ । प्रतियोगितामा काठमाडौँ उपत्यकासहित अन्य जिल्लाका २८ विद्यालयका एक सय १९ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको आज एक समारोहबीच नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष उदयकुमार श्रेष्ठले उद्घाटन […]

मुख्‍य समाचार राजनीति

राप्रपा जिल्ला अध्यक्षहरुको भेला काठमाडौँमा सुरु

१७ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा सुरु भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गरे । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलि साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ । जिल्ला अध्यक्षहरुले […]

मुख्‍य समाचार समाचार समाज

कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

१७ साउन, झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साँटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए । […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

दाङमा एक वर्षमा विपद्का कारण ५२ जनाको मृत्यु

१७ साउन, देउखुरी । दाङमा आर्थिक वर्ष २०८०/८१ मा विपद्मा परी ५२ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार एक वर्ष अवधिमा पानीमा डुबेर सबैभन्दा धेरैको ज्यान गएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका शाखा प्रमुख शम्भु आचार्यका अनुसार, आव २०८०/८१ मा पानीमा डुबेर २५, बाढीका कारण १६, सर्पदशंले आठ, करेन्ट […]