२१ बैशाख २०८३, सोमबार
मुख्‍य समाचार राजनीति

‘देशमै बस्न सक्ने अवस्था नबनाएसम्म युवा दिवसको के अर्थ ?’

१७ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलनल चौधरीले, जबसम्म युवाहरुलाई नेपालमा बस्न योग्न बनाउन सकिँदैन तबसम्म युवा दिवस मनाएर मात्रै केही नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस २०२४ मूल समारोह समिति गठन कार्यक्रममा उनले जबसम्म युवाहरुलाई देशमै रोजगारी सृजना गर्न, युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् तबसम्म युवा दिवस मनाएर केही पनि नहुने बताए ।

उनले भने,मन्त्रालयमा हामी तीनसय जना बसेर युवा दिवस मनाएर भव्य हुँदैन् । देशका युवाहरु जबसम्म नेपालमा बस्नयोग्य बनाउन सकिँदैन, युवाहरुलाई रोजगारी सृजना गर्न सकिँदैन् । युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् । जागरण अभियानमा लगाउन सकिँदैन् । तबसम्म केही हुँदैन् ।’
उनले आजैबाट नेपाली युवाहरुलाई नेपाल मै रोजगारी दिन सक्नेगरी वहस अगाडि सार्न सुझाव दिए । उनले युवाहरुलाई क्रियाशील बनाउन सक्रिय हुनका लागि सबैमा आग्रह समेत गरे ।

‘अझै पनि हाम्रो देशमा युवाले बालबालिकाले पढ्न सकेको छैन् । म सम्पूर्णमा आग्रह गर्न चाहन्छु । हामी युवा दिवस मनाउ भव्य र सभ्य रुपमा आजदेखि प्रण गरौं । नेपाली युवाहरुलाई नेपालमै कसरी रोजगारी दिन सक्ने वहस अगाडि सारौं । युवाहरुलाई क्रियाशील बनाउन सक्रिय हुनका लागि सबैमा आग्रह गर्दछु ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।