कैलालीमा युवकबिच कुटाकुट हुँदा ३ जना घाइते, २ जना फरार
२२ भाद्र, धनगढी । कैलालीमा चार जना युवकबिच कुटाकुट भएको छ। कुटाकुटबाट तीन जना घाइते भएका छन्। शुक्रबार राति साढे ११ बजेकोे समयमा जिल्लाको घोडाघोडी नगरपालिका–४ को रामपुरमा युवकबिच कुटाकुट भएको हो। सोही ठाउँ बस्ने २२ वर्षीय राजेन्द्र साउदसहितका चार युवकबिच कुटाकुट भएको थियो।कुटाकुटबाट साउँद, सोही ठाउँ बस्ने २४ वर्षीय मोहन रावल र गैडाखेडाका २३ वर्षीय […]











