६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

३१ भदौ, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् । महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने […]

मुख्‍य समाचार समाज

विश्व बैंकले काठमाडौं उपत्यकामासँग सहकार्य गरे राम्रो सन्देश जान्छ : मन्त्री सिंह

३१ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । शहरी विकास मन्त्रालयमा सोमबार विहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालिन नेपाल शहरी शासकिय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो । भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाली खेलाडीको एकल अग्रता, विवेक पहिलो फिडे मास्टर 

३१ भदौ, हंगेरि। नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्संपो क्फासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो ब्यक्तिगत रेटिङ१९.४ बढाएर २३०१.४ रेटिङ पुर्‍याउदै पर्फोमेन्सका आधारका नेपाल कै पहिलो फिडे मास्टरको टाइटल प्राप्त गरेका छन्। हंगेरि चेस फेडेरेशनको आयोजनामा सञ्चालन भइरहेको ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल स्पर्धमा नेपालका क्याण्डिडेट मास्टर विवेक थिङले एकल अग्रता कायम गर्न सफल भएका छन्। […]

मुख्‍य समाचार समाचार समाज

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन

म्याग्दी, ३१ भदौः मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गरेका छन्। अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए। “पाँच वडा रहेको घरपझोङको सबै बस्तीलाई रातको समयमा उज्यालो बनाउन अध्यक्षले […]

मुख्‍य समाचार समाचार समाज

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्यो’

ढोरपाटन (बागलुङ), ३१ भदौः स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कयौँलाई उठिबाससमेत लगाएको छ । बर्सेनि जिल्लाका १० वटै स्थानीय तहले सडक निर्माणका लागि करोडौँ रकम […]

अर्थ मुख्‍य समाचार समाचार समाज

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

घोराही (दाङ), ३१ भदौः दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन […]

मुख्‍य समाचार राजनीति

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

भदौ, ३१  काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो । आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि […]

खेलकुद मुख्‍य समाचार समाज

विश्व कप लिग टु : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

भदौ, ३१ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । नेपाली समय अनुसार आज राति पौने ८ बजे सुरु हुने खेल क्यानडाको ओन्टारियोमा […]

मुख्‍य समाचार समाचार समाज

सडक दुर्घटना नियन्त्रणका लागि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

भदौ, ३१ काठमाडौं । नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ता र नागरिक अगुवाहरूले निरन्तर बढिरहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षणको मुख्य विषयहरूमा सडक सुरक्षा ऐनको अनुमोदन, राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषदको यथाशिघ्र गठन लगायतका देशको सडक सुरक्षाको दीगो समाधानका र केही […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

भदौ, ३१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो । यसैबीच, सरकारले संघीय संसद्को दुवै […]

मुख्‍य समाचार समाज

दोलखाको भिमेश्वर पाखलतीमा दुई सय महिलाहरुको पाठेघर जाँच

भदौ, ३१ दोलखा । दोलखाको भिमेश्वर नगरपालिका–२ पाखलतीस्थित स्वास्थ्य चौकीमा स्थानीय दुई सय महिलाहरुको पाठेघर जाँच तथा परामर्श साथै सर्जिकल क्यान्सर सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ । समाजसेवी दिपमणि राजभण्डारीको पहलमा रोटरी क्लब अफ ओकल्याण्ड र रोटरी क्लब अफ बयरा अमेरिकाको सहयोगमा स्वास्थ्य जाँच गरिएको हो । नेपाली कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठका अनुसार जनस्वास्थ्य […]

मुख्‍य समाचार समाज

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र केएमसीबीच स्वास्थ्य सम्झौता 

भदौ, ३१ काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । अपाङ्गता भएकाहरुलाई उपचार गर्ने सम्बन्धी आठ बुँदे सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्माले तथा अपाङ्ग संघबाट केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार […]