३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति

लुम्बिनीका संसदीय समितिको चुनाव स्थगित

१५ पुस, बुटवल । लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित भएको छ । नेतृत्व चयनका लागि आगामी मंगलबार निर्वाचन हुने भनिए पनि प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा अघिल्लो सोमबार दाङको देउखुरीमा बसेको कार्यव्यवस्था परामर्श समितिको ८ औं बैठकले पुस १६ गते विषयगत समितिको […]

मुख्‍य समाचार समाचार समाज

टुँडीखेलमा तमु ल्होसारको रौनक

१५ पुस, काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौं उपत्यका र उपत्यका […]

अर्थ मुख्‍य समाचार समाचार समाज

नागरिक उड्डयन प्राधिकरणको नाफा ३ अर्ब ४९ करोड १५ लाख

१५ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९ करोड १५ लाख रहेको बताए । उनले […]

समाचार समाज

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो

१५ पुस, चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष ओमप्रकाश […]

मुख्‍य समाचार समाचार समाज

पर्यटकको रोजाइमा पर्दै बन्दीपुरको चट्टान आरोहण

१५ पुस, तनहुँ । बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त पहरामा विसं २०६० देखि चट्टान आरोहण सुरु भएको हो । पहरामा एक सय ६० वटा […]

मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोर : म्याग्दीको नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

१५ पुस, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार […]

अनौठो संसार

ब्राजिलको जेलमा पहरा दिंदै हाँसको फौज

१५ पुस, काठमाडौं । दुनियाँमा प्रविधिको क्षेत्रमा तीव्र तथा उत्कृष्ट ढंगले परिवर्तन भैरहेको छ । जसका कारण कुनै पनि कामका लागि मानिसको खाँचो कम हुँदैछ र मेसिनले मान्छेको जागिर हडपिरहेको छ। जेलहरुमा सुरक्षा गार्डको साटो क्यामराहरुबाट निगरानी गर्न थालिएको छ । तर, ब्राजिलको एउटा जेल भने उसका विशेष खालका सुरक्षा गार्डको दस्ताका कारण चर्चित बनेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

रुसमा युक्रेनको घातक हमला, २१ जनाको मृत्यु, १०० घाइते

१५ पुस, काठमाडौं । रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । यो आक्रमण युक्रेनले गरेको आरोप रुसले लगाएको छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यसअघि गत […]

समाचार समाज

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस नालीमा खस्यो

१५ पुस, काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ । भे१ख २०४१ नम्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर नालीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले बताए । डीएसपी मल्लका अुनसार दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको छ । […]

मुख्‍य समाचार राजनीति

मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : माधव नेपाल

१५ पुस, काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन् । तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीले विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग […]

मुख्‍य समाचार समाचार समाज

बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

१५ पुस, ढोरपाटन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन । अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

१५ पुस, फिक्कल (इलाम)। इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ […]