पहिरोले अवरुद्ध बेनी-जोमसोम खुल्यो, बेनी-दरबाङ सडक अझै बन्द
२२ भाद्र , काठमाडौँ । गएराति परेको वर्षासँगै खसेको पहिरोले शुक्रबार बिहानैदेखि अवरुद्ध बनेको बेनी-जोमसोम सडक साँझदेखि खुलेको छ । मुस्ताङलाई जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रको विभिन्न पाँच ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी खण्डमा खसेको पहिरो बेनी-जोमसोम-कोरला सडक योजनासँगको समन्वयमा जेसिभी […]











