६ कार्तिक २०८३, बिहीबार
गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

चक्लाबन्दीपछि बाँझो जग्गा हराभरा

३० भदौ, गलकोट (बागलुङ) । बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन गरिएको चक्लाबान्दी कार्यक्रम प्रभावकारी बनेको छ । तरकारीखेती बाहेक ओखर, कागती, सुन्तला, स्याउ र किबीखेती अधिकांश […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ

३० भदौ, उदयपुर (गाईघाट) । त्रियुगा नगरपालिका–१ जोगीदहस्थित मोथ्याइमा निर्माण सुरु भएको सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ भएको छ । बाह्र वर्ष अघि यहाँ हवाई मैदान निर्माणको प्रक्रिया अघि बढाइएको हो । सदरमुकाम गाईघाट वा त्रियुगा नगरपालिका–७ चुहाडेमा हवाई मैदान निर्माण गर्ने भनेर तीन दशकसम्म अध्ययन तथा वादविवाद सँगसँगै चलेको थियो । “त्रियुगा नगरपालिका–१ जोगीदहमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

३० भदौ, तनहुँ । जिल्लाको व्यास नगरपालिकाले चौबीसै घण्टा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखिएको हो । नगरपालिकाका अनुसार केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याकलोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहिन

३० भदौ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । घटनास्थल पुगेर फर्कदैं गर्नुभएका रिजालले भने, “चालक सम्पर्कमा छैन, घटना शंकास्पद देखिएको छ ।” […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

शौचालयबाट कैदी फरार

३० भदौ, सुरुङ्गा (झापा) । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको […]

मुख्‍य समाचार समाज

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

३० भदौ, राजविराज (सप्तरी) । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ३८६६ नं. को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनिता देवि अधिकारी र उनकै […]

कोशी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार

सिद्धकाली मन्दिर ओझेलमा

३० भदौ, किमाथाङ्का (सङ्खुवासभा) । चैनपुर नगरपालिका–३ स्थित सिद्धकाली मन्दिर प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । त्यहाँ पूजाअर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ भक्तजन त्यहाँ पुग्ने गरेका छन् । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन र प्रचारप्रसार अभावमा यो मन्दिर अहिले ओझेलमा छ । चिताएको मनोकामना पूरा हुने विश्वासका साथ […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पर्यटकीयस्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण

३० भदौ, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताए । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उनले […]

मुख्‍य समाचार समाचार

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

३० भदौ, मुग्लिन (चितवन) । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरुङले लोकार्पण गरेका हुन् । पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

कालीगण्डकी करिडोरः घरटहराको क्षतिपूर्ति वितरण

३० भदौ, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण प्रारम्भ भएको छ । तेह्र किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईँले ११ मिटर फराकिलो सडक बनाउन ६३ वटा घरटहराका धनीलाई क्षतिपूर्ति वितरण सुरु […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

३० भदौ, पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो । अस्पतालमा बन्ने भवनलाई […]

मुख्‍य समाचार समाचार

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

३० भदौ, काठमाडौँ । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा […]