१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

एमाले उपाध्यक्षसहित मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

२० साउन, काठमाडौं । नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । आज  (आइतबार) पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत बिहीबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराल, दुई जना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा […]

मनोरन्जन मुख्‍य समाचार

फिल्म ‘रोल नं १’ निर्माण हुने

२० साउन, काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुती रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा […]

मुख्‍य समाचार समाचार

मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ : गभर्नर

२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजी बजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१-८२)को मौद्रिक नीतिमाथि नीजि क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नीजि क्षेत्र र आर्थिक गतिविधिमा […]

मुख्‍य समाचार समाज

ट्याक्टर दुर्घटनामा पाँचजना घाइते

२० साउन , बरहथवा (सर्लाही) । बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् । मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज ज२त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी […]

मुख्‍य समाचार समाज

अरनिको राजमार्ग विस्तार बनेपामा विद्युत् व्यवस्थापनमा कठिनाइ

२० साउन काभ्रेपलाञपुर । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सीमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तार कार्यले तीव्रता पाएको छ । यससँगै सडक किनारामा खम्बा गाड्दा विद्युत् लाइन घर नजिक हुने भएकाले विद्युत् व्यवस्थापनका लागि कठिनाइ भएको जनाइएको छ । हाल सडक विस्तार कार्य भइरहँदा धुलिखेलतर्फबाट विद्युत्का खम्बा धमाधम गाड्न सुरु गरि गाडिएका विद्युत्का खम्बामा ‘एङ्गल’ राख्ने काम सुरु […]

मधेश मुख्‍य समाचार समाचार समाज

मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

२० साउन, जनकपुर मधेस प्रदेश । सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक कामतको गत बिहीबार निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायलविरूद्ध इरानको सम्भावित आक्रमणको प्रतिरोधको तयारीमा अमेरिकी जनरल मध्यपूर्वमा

हमास र हिजबुल्लाहका वरिष्ठ नेताको हत्यापछि इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने अनुमानबीच अमेरिकी केन्द्रीय कमान्डका जनरल माइकल कुरिल्ला शनिबार उक्त क्षेत्रमा आइपुगेको दुई अमेरिकी अधिकारीलाई उद्धृत गद अमेरिकी समाचार संस्था एक्जिओसले जनाएको छ । तेहरानमा हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हनियाको हत्यापछि इजरायल, इरान र हिजबुल्लाहबीच पछिल्लो समय तनाव हुनुअघि तय गरिएको जनरल कुरिलाको भ्रमणलाई […]

बागमती समाचार समाज

‘उपचार गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य’

२० साउन, भक्तपुर। बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्। नेकपा एमाले सूर्यविनायक नगरपालिका–७ वडा कमिटीले आज गुण्डूमा आयोजना गरेको सम्मान र विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भमा बोल्दै उनले सहज उपचारको व्यवस्था गर्ने बताएका छन् । “क्यान्सर पीडितलाई एकलाख रुपैयाँ अनुदान दिने मन्त्रीपरिषद्को […]

अर्थ मुख्‍य समाचार समाचार समाज

जन्मदेखि मृत्युकर्मका सबै सामान भारतीय बजारमै निर्भर !

२० साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवाका रितेश कलवार वीरगञ्ज बजारमै उपलब्ध हुने खाद्यान्न तथा लत्ताकपडालगायतका वस्तु तथा सामान किनमेल गर्न नेपाल–भारत सीमावर्ती बजार रक्सौल नै धाउने गर्छन् । उनी सकभर वीरगञ्ज आसपासको बजारमा किनमेल गर्न खासै रुचि देखाउनुहुन्न । “यहाँ त अपर्झट परेका बेला मात्रै हो सामान किन्ने”,उनले भने, “अरुबेला त रक्सौल नै जाने […]

अर्थ प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो

२० साउन, पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो । आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोगगरी रु ३३ अर्ब १३ करोड […]

मुख्‍य समाचार समाचार समाज

चेम्बरका निर्वतमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

२० साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित भएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लवले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो । व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स […]

पर्यटन प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

भरतपुर भ्रमण वषको कामः पर्यटक भित्र्याउन सकारात्मक योगदान

२० साउन, चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै पर्यटक सङ्ख्यामा वृद्धि भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा करिब सात हजारले वृद्धि […]