६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार समाचार

शिक्षामा नीतिगत सुधार नभई देशमा सुधार हुँदैन : उपकुलपति बराल

१ असोज,  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. केशरजंग बरालले शिक्षामा नीतिगत सुधार नगरी देशमा सुधार हुन नसक्ने बताएका छन् । नेपालमा नारी शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसको ७४औं वार्षिकोत्सव विशेष कार्यक्रमकोउद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट छुट्याउन नसक्दा त्यसको मार विश्वविद्यालयमा परेको उल्लेख गर्दै उपकुलपति […]

मुख्‍य समाचार राजनीति समाचार

राप्रपाद्वारा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्यमा छनोट

१ असोज,  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि रहेकी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको थियो । छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरूलाई […]

मुख्‍य समाचार समाचार

साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी सुरु

१ असोज,  काठमाडौँ ।  ललितपुर। ‘कालजयी कृति, पाठकका निम्ति’ भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ । साझा प्रकाशनका पूर्व महाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले आज केन्द्रीय कार्यालय पुलचोकमा प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन पश्चात् डा. भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमानयुगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पुर्‍याउने बताए । […]

मुख्‍य समाचार समाचार

मानव अधिकार आयोगका कर्मचारीलाई निजामतीसरह सेवा–सुविधाको प्रस्ताव

१ असोज,  काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगको नयाँ बिधेयकमा आयोगका कर्मचारीलाई निजामती कर्मचारीसरह सेवा सुविधा दिने प्रस्ताव गरिएको छ । हाल कार्यान्वायनमा रहेको आयोगको ऐनमा यससम्बन्धिक केही उल्लेख नभएकाले आयोगको कर्मचारी व्यवस्थापन नियमावलीका भरमा चलेको छ । नियमावलीलाई लोक सेवा आयोगले सर्तसहित सहमति दिएको थियो । कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन बिधेयकमा कर्मचारी तथा सेवासम्बन्धि व्यवस्था […]

मुख्‍य समाचार राजनीति समाचार

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित

१ असोज,  काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ । असोज २ बुधबारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको हो । विद्यार्थी नेतृत्वकै परीक्षा समेत चलिरहेको र प्रदेश सम्मेलन समयमै हुन नसकेका कारण स्थगित […]

मुख्‍य समाचार समाचार

निगमका कर्मचारीलाई अनावश्यक बिदा बस्न रोक

१ असोज,  काठमाडौँ । नेपाल वायुसेवा निगमले कर्मचारीहरूलाई अनावश्यक बिदा लिन रोक लगाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दसैँ, तिहार तथा छठ पर्वको समयमा निगमका सबै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरूलाई कार्यालयको काममा वाधा पर्ने गरी बिदा नदिन निर्देशन दिएका हुन् । अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा […]

समाचार समाज

नेपालमा कल सेन्टर खोलेर विश्वभरी ठगी

१ असोज, काठमाडौँ । कल सेन्टरको आवरणमा कार्यालय राखेर अनलाइनमार्फत ठगी तथा क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले तीन विदेशीले विगतमा दुबईमा बसेर यस्तो अपराध गरेको खुलेको छ । दुबईमा पक्राउ परेपछि उनीहरु नेपाल आएर यस्तो अपराधमा संलग्न थिए । ललितपुरको एकान्तकुनामा घर भाडामा लिएर चिनियाँ नेतृत्वको गिरोहले विश्वभरी नै ठगी गर्दै आएकोमा गत साता […]

मुख्‍य समाचार समाचार समाज

चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै निगम

१ असोज, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नजिकिएको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको निगमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी तदारुकताकासाथ काम गर्न आज विभागीय […]

अन्तर्राष्ट्रिय खेलकुद समाचार

काभा महिला भलिबलमा पुलिसले ताजकिस्तानको डाइमेडलाई हरायो

१ असोज, काठमाडौँ । माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको थियो । माल्दिभ्सको मालेमा मंगलबार भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेडमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । पुलिसले यसअघि पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो […]

राजनीति समाचार

साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

१ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ । बुधवारसम्म हुने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गर्नुभयो । पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुईतिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गर्नुभयो । उहाँले आफूले पार्टीको नामदेखि सहकारी […]

मुख्‍य समाचार राजनीति समाचार

प्रदेश संरचनालाई अझै बढि उत्तरदायी र पारदर्शी बनाउनुपर्नेमा काँग्रेस सभापति देउवाको जोड

१ असोज, काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला उहाँले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राख्नुभएको हो । पार्टीको कानून विभागले मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौति विषयक विचार […]

मुख्‍य समाचार राजनीति समाचार

राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि वर्तमान गठबन्धनः उपप्रधानमन्त्री सिंह

१ असोज, काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसद्का दुई ठूला दलको गठबन्धन बनेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यसअघि बनेका सरकार पटकपटक परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलेर […]