६ कार्तिक २०८३, बिहीबार
बैंक–वित्त

‘राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून आवश्यक’

२ असोज, ‘काठमाठौं । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवको आयोजनामा छुट्टै कानून बनाउनु पर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा टुक्रा टुक्रा कुरा गर्नुभन्दा छुट्टै कानून बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘अबका योजनाहरुमा दिगोपन ल्याएर अगाडि बढ्नुपर्छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ : प्रधानमन्त्री

२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्या‍‍उन नीतिगत पहल सुरु भइसकेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य […]

मुख्‍य समाचार राजनीति समाचार

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

२ असोज, काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै असल संविधान भएको बताएका छन् । बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई  सम्बोधन गर्दै उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताएका हुन् । उनले  भने, ‘यो  संविधान अहिलेको  अवस्थामा असल मध्येको असल संविधान हो, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन् ः सभामुख घिमिरे

२ असोज, काठमाडौं ।  सभामुख देवराज घिमिरेले संघीयता निजामती ऐनको अभावले गर्दा  कर्मचारी हुन नसकेको बताएका छन् । बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई  सम्बोधन गर्दै सभामुख घिमिरेले ऐनको अभावका कारण व्यवस्थापिकाको कामहरु कसरी गर्ने र प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने भन्ने कुरामा समस्या आएको बताएका हुन् । उनले भने , ‘संघ, प्रदेश र  स्थानीय तहबीचको अन्तर सम्बन्धको विषय छलफल हुनु जरुरी छ किन की यो कसरी कार्यान्वयन भैइरहेको छ, यसका सकारात्मक र नकारात्मक कुराहरु के  हुन् ? अब यसले के गर्नुपर्छ  भन्ने जस्ता विषयमा छलफल गरिनुपर्छ, हामीले संविधान संम्वत ढंगबाट संघीयताको  आधारमा तीनै तहका कानून बनाउने कुराहरु गर्न केही ढिला हुँदैन, कतिपय त अहिले पनि बनिरहेका छन्, संघीय निजामती ऐनको अभावमा तलका कर्मचारीहरु उत्तरदायी हुने र खासगरि प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने ? भन्ने कुरामा अहिले  पनि व्यवहारिक कठिनाईहरु आएका छन् ।’ साथै, उनले संघीयता भित्रको प्रदेश सरकार जुन मात्रामा प्रभावकारी हुनुपर्ने हो त्यसमा कमी आएको  बताए ।  उनले संघीयताको  आधारमा प्रदेश र  स्थानिय सरकारहरुले  गरिरहेका प्रशासनिक र  न्यायीक कामहरुको समिक्षा हुन जरुरी रहेको पनि बताए ।

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको परामर्श बैठक सुरु

२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।  बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीप्रति देशभर आकर्षण देखिन सुरु […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

फोनको सुपरस्टार टेक्नो स्पार्क गो वान नेपाली बजारमा

काठमाडौं । स्पार्क गो वानले टेक्नो स्पार्क गो वान ब्रान्डको नयाँ फोन बजारमा ल्याएको छ । स्टाइलिश स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार, टेक्नो स्पार्क गो वान बजारमा ल्याएको हो । यो स्मार्ट फोनको बजार मुल्य ११ हजार ९ सय ९० तोकिएको छ । जसले गर्दा ग्राहकहरुले सस्तो र सुलभ सुलभ मुल्यमा स्मार्ट […]

खेलकुद मुख्‍य समाचार समाचार

विश्वपकप लिगः नेपाल र ओमान भिड्दै

२ असोज, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको किंग सिटी मैदानमा हुने उक्त खेल नेपाली समयानुसार आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । […]

मुख्‍य समाचार समाचार समाज

इटहरीमा सुरुभयो बिजुली बस सेवा

२ असोज, धरान (सुनसरी) । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको […]

मुख्‍य समाचार समाचार समाज

चार करोड २५ लाख भुरा उत्पादन

२ असोज, बागमती । हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो । मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले भुरा खरिद गर्दै आएका छन् । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-८१ मा […]

मुख्‍य समाचार राजनीति समाचार

ओटावामा नेपाल–क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

२ असोज, काठमाडौँ । नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुग्नुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो । ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री […]

मुख्‍य समाचार समाचार समाज

इन्द्रदहमा मेला भर्नेको भीड

२ असोज, भक्तपुर । इन्द्रजात्राका अवसरमा आज बिहानैदेखि भक्तपरको इन्द्रदहमा मेला भर्नेको भीड लागेको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवगृहबाट बाजागाजासहित देवताको मूर्ति खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ मङ्गलबार साँझ इन्द्रदह पुर्याइएको थियो । उक्त खटलाई दह किनारमा रातभरि राखेर दीपावली गरी आज बिहानैदेखि इन्द्रदहमा स्नान एवं पूजा गर्नेको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

२ असोज, दमौली (तनहुँ) । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् । एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत वर्ष सात हजार नौ सय ६४ जनाले अनुसन्धान केन्द्रको […]