५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

बडा दशैंको विसर्जन गरियो

काठमाडौं । हिन्दुहरुको महानपर्व बडा दशैं विसर्जन गरिएको छ । गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन भएको हो । बडादशैं समापन भएसँगै टीका ग्रहण कार्य पनि यसपालीलाई सकिएको छ । नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन गरिएको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन एवम् पूजा अर्चना

बाजुरा  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नं ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् । प्रसिद्ध धार्मिकस्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन् । […]

मुख्‍य समाचार राजनीति समाज

पशुपति गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न मन्त्री पाण्डेको निर्देशन

१ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडीले संचालन गर्दै आएको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम […]

मुख्‍य समाचार समाज

बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

१ कात्तिक, काठमाडौँ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ । अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । “माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिँहद्वारा निरीक्षण

१ कात्तिक, महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोषको निर्माणाधीन भवनको आज निरीक्षण गरेको छ । निरीक्षणका क्रममा निर्माणाधीन भवनस्थल जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवाटोल पुग्नुभएका मुख्यमन्त्री सिँहसँगै कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशसभा सदस्य रामसरोज यादव, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरीलगायत सहभागी हुन्थ्यो । प्रदेश सरकारको रु सात […]

मुख्‍य समाचार समाज

नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी

१ कात्तिक, काठमाडौँ । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको विज्ञप्ति जारी गरी […]

मुख्‍य समाचार समाज

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

१ कात्तिक, वीरगञ्ज(पर्सा) । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/ ८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

गौशाला धर्मशाला विवादः पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान

१ कात्तिक, काठमाडौँ, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेको छ । साथै उसले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनु भएका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ […]

मुख्‍य समाचार समाज

सिङ्गो गाउँ नै तरकारी खेतीमाः वार्षिक भित्रिन्छ ८० लाख

१ कात्तिक, ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् […]

मुख्‍य समाचार समाज

सुनको मूल्य तोलामा रु छ सयले बढ्यो

१ कात्तिक, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको […]

मुख्‍य समाचार समाज

सावित्री र सावा मनसुली जातका धानमा ‘डटी पेनिकल’ समस्या

१ कात्तिक, चितवन । जिल्लामा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या देखिएको छ । पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न स्थानमा लगाइएको सावित्री र सावा मनसुली धानमा यो समस्या देखिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको धानमा यो […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

सरकारको सयदिन सफल रहेको कानुनमन्त्री चौरसियाको दाबी

१ कात्तिक, पर्सा । कानुन न्याय तथा सङ्घीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गरेको छ । उसले भने,“ प्रमुख दुई दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य दलहरुबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ ।” नेपाल प्रेस युनियन पर्साद्वारा […]