५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाज

जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान : मन्त्री अधिकारी

२ कात्तिक, काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी भएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको उद्घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको टोली सहभागी भएको हो । मञ्चको लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै […]

मुख्‍य समाचार समाज

बिपी पुत्र प्रकाशद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा चियापान

२ कात्तिक, काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई उहाँका जेठा छोरा प्रकाश कोइरालाले निरन्तरता दिएको छ । विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब १० वर्ष लामो भारत निर्वासन छाडेर स्वदेश फर्कनुभएका बिपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]

मुख्‍य समाचार समाज

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो । घोडेपानी टोल सुधार समितिका […]

मुख्‍य समाचार समाज

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

२ कात्तिक, दमौली (तनहुँ) । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु कँडेलले जानकारी दिए । केन्द्रले सानन जातको […]

मुख्‍य समाचार समाज

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

२ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ । उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा […]

मुख्‍य समाचार समाचार समाज

दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

२ कात्तिक, इनरुवा (सुनसरी) । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हँुदा १४ जनाको मृत्यु भएको जनाएको छ । घटस्थापनादेखि […]

मुख्‍य समाचार समाज

सुनको भाउ हालसम्मकै उच्च

२ कात्तिक,  काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएका छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार  १ लाख  […]

मनोरन्जन मुख्‍य समाचार समाज

चलचित्र ’कर्मा’ चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य भूमिकामा

२ कात्तिक,  काठमाडौं । चलचित्र ‘कर्मा’ ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउँदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण पक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत […]

मुख्‍य समाचार राजनीति

प्रतिपक्ष दलको बैठक सुरु

२ कात्तिक,  काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेताहरु सहभागि रहेको बताइएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल […]

खेलकुद मुख्‍य समाचार समाज

बलिङमा दिपेन्द्र र ब्याटिङमा कप्तान पौडेल चम्किँदा अमेरिकामाथि नेपालको जित

२ कात्तिक,  काठमाडौं । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ । टेक्सासस्थित ग्रान्ड प्रेरिमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो […]

खेलकुद मुख्‍य समाचार समाज

साफ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा

२ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्ध हुने भएको छ । दशरथ रंगशालामा हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि शुरु हुने छ । त्यस्तै दोस्रो खेल नेपाल र  भुटानबीच हुदै छ । […]

खेलकुद मुख्‍य समाचार समाज

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

२ कात्तिक, काठमाडौँ । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले अमेरिकासामु जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रनको कप्तानी पारी खेले । त्यस्तै, […]