१८ श्रावण २०८३, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्ष याङबीच भेटवार्ता

११ असाेज, न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच आज भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसंघको मुख्यालयमा अध्यक्ष याङसँग भेट गरेको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । भेटमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, […]

मुख्‍य समाचार राजनीति समाचार

विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा

११ असाेज, वशिङ्टनडिसी (अमेरिका) । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन यहाँ आएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे उक्त धारणा राखेकी हुन् । उनले भनिन्, “हामीहरूको साझा घर पृथ्वीमा […]

मुख्‍य समाचार समाचार

कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?

११ असाेज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको […]

मुख्‍य समाचार समाचार

अरिङ्गालले टोकेर चारजना घाइते

१० असाेज, लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, […]

समाचार समाज

ह्वात्तै घट्यो मूल्यवृद्धि

१० असाेज, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि ह्वात्तै घटेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा वार्षिक विन्दुगतउपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा […]

समाचार समाज

तीन फरार प्रतिवादी दुबईबाट पक्राउ

१० असाेज, काठमाडौँ । नेपाल प्रहरीको टोलीले ठगीसम्बन्धी कसुर र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भूपेन्द्र बोहरा र काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कवीर बुढाथोकी तथा जबरजस्ती करणी कसुरसम्बन्धी […]

मुख्‍य समाचार राजनीति समाचार

जनतालाई उत्पादनसँग जोडौँ: मन्त्री काफ्ले

१० असाेज, काठमाडौँ ।  बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सकेमात्र समृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ । आज दोलखा सदरमुकाम चरीकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले प्रदेश र स्थानीय सरकार दुबै मिलेर जनतालाई […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले कारलाई चरौँदी खोलामा हुत्यायो, ४ जना घाइते

१० असाेज, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी-गजुरी खण्डमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गल्छी गाउँपालिकास्थित चिरौँदी खोला भन्ने स्थानमा सडक भन्दा माथिबाट  सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोले एक सवारी साधनलाई धकेलेर चिरौँदी खोलामा खसालेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ […]

मुख्‍य समाचार समाचार समाज

बाढी–पहिरोको उच्च जोखिममा रात्रिकालीन बस नचलाउन आग्रह

१० असाेज, काठमाडौँ । बाढी–पहिरोको उच्च जोखिममा रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार उच्च सतर्कता सूचना जारी गर्दै रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आकलन गर्न कठिन हुने भन्दै उच्च जोखिम रहेका हिमाली–पहाडी जिल्लामा असोज ११ र १२ गते […]

मनोरन्जन मुख्‍य समाचार समाचार

अनमोलको ‘जेरी अनटप’मा सुरक्षाको पनि इन्ट्री

१० असाेज, काठमाडौँ।  अनमोल केसीको शीर्ष भूमिका हुने फिल्म ‘जेरी अनटप’को शीर्षमध्येको भूमिकामा अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । निर्माता सरोज न्यौपाने र उनीबीच लिखित सहमति भएको छ । निर्माता न्यौपानेले फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएको जानकारी दिए । यसअघि यो फिल्ममा आँचल शर्मा र जसिता गुरुङ पनि अनुबन्धित भइसकेका छन् । आगामी […]

The premium Not any Money Internet casino Add-ons & Online codes

Content Bonuses Introduction to Brand-new Very little Put Gambling house 2022 Chinese Slotjoint: Have fun with twenty Zero cost Re-writes Zero Money With Food! Beware of British isles On line casinos For Free some European Placing? < p>In the least, hanging forms and sizes a section of the guru’’s akun, though should not be cashed […]

मुख्‍य समाचार राजनीति समाचार

देशव्यापी रूपमा पार्टीप्रति जन आकर्षण बढ्यो : अध्यक्ष दाहाल

१० असाेज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गरेका छन् । पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आजदेखि सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो […]