५ कार्तिक २०८३, बुधबार
खेलकुद समाज

दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा

२ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिका लगातार महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो । अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १८ औं ओभरमा दोस्रो बलमा पुरा गर्यो । कप्तान लाउरा उल्भराड तथा अनाके बोस्कले […]

खेलकुद मुख्‍य समाचार समाज

अभिषेकलाई रजत

२ कात्तिक, काठमाडौं । नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित भए । फाइनल यात्रा तय गर्न अभिषेकले इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२ कात्तिक,  काठमाडौं ।  नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर […]

मुख्‍य समाचार समाज

पश्चिमी वायुको प्रभाव : देशभर  तापक्रम क्रमशः घट्दो

२ कात्तिक, काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीलाई रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीचको सहकार्यबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एउटै डिजिटल ‘पे–वाल’ मार्फत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने गरी नेपाल रिपब्लिक मिडिया र संयुक्त राज्य अमेरिकाको न्युयोर्क टाइम्सबीचको सहकार्यबारे अवगत गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीलाई न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर जोन्सन, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज […]

मुख्‍य समाचार राजनीति समाज

बाढीबाट प्रभावित काभ्रेको खानेपानी संरचना फाष्ट ट्रयकमा बनाउँछौँ : मन्त्री यादव

१ कात्तिक, काभ्रे (पनौती) । खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशीलगायतका खोलानालाले बिगारेको संरचनाको काम फाष्ट ट्रयकमा निर्माण गरिने बताएको छ । गत असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको बनेपास्थित शशीपानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौती नगरपालिकाअन्तर्गत २ र १२ नं. वडाको खानेपानी मुहानलगायतका संरचनाको आज स्थलगत निरीक्षणका क्रममा मन्त्री […]

मुख्‍य समाचार समाज

जहाँ पुगौँला उहीँ चाड मनाउँला…

१ कात्तिक, गण्डकी । यसपालिको विजयादशमीका दिन दिन पर्यटक पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु हुन्थ्यो । देशभर दसैँको उल्लास छाइरहँदा उसले भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्कएको थियो । मनाङ सदरमुकाम चामे, नार्फु हुँदै, थोरङ भञ्ज्याङ काटेर मुस्ताङको मुक्तिनाथ पुग्ने योजनामा रहेको उक्त टोली अहिले पनि पदयात्राकै क्रममा […]

पर्यटन मुख्‍य समाचार समाज

पर्यटकीय स्थल सोवाङमा ड्रममा पानी भण्डारण

१ कात्तिक, म्याग्दी । दृष्यावलोकनका लागि म्याग्दीको नयाँ गन्तब्यको रुपमा विकास हुन थालेको रघुगंगा गाउँपालिका–७ चिमखोलाको सोवाङ धुरी वरपर खानेपानीको मुहान छैन् । सुख्खा याममा सोवाङ घुम्न जाने पर्यटकहरुले पिउन, खाना पकाउन र सरसफाइका लागि करिब दुई तल तल रहेको आलेखर्कबाट ग्यालीन र बोत्तलमा पानी बोकेर लैजाने गर्छन् । पानी बोकेर उकालो चढ्नुपर्ने समस्या हटाउन […]

मुख्‍य समाचार समाज

चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत

१ कात्तिक, जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष ०८०/८१मा चार सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोवार गर्न नयाँ नापतौल सम्बन्धी इजाजतपत्र प्रदान गरेको छ । सो कार्यालयले दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ । प्राप्त विवरणअनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्र्ने […]

मुख्‍य समाचार राजनीति समाज

जलवायु विपत्तिको सिकार भएका देशहरुलाई विकसित मुलुकको सहयोग आवश्यक’

१ कात्तिक,  काठमाडौं । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले विकसित राष्ट्रहरूले विकासोन्मुख राष्ट्रहरूलाई अनुकूलन र लचिलोपन निर्माणका लागि पर्याप्त स्रोत र प्रविधि सहयोग गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उनले हरितगृह ग्यास उत्सर्जनमा सहभागिता नभएका नेपालजस्ता राष्ट्रहरू जलवायु विपत्तिको सिकार हुनु गम्भीर अन्यायको विषय भएको भन्दै यसको […]

मुख्‍य समाचार समाचार समाज

बजारमा गहुँको माग बढेपछि भारतबाट २ लाख मेट्रिक टन आयात गरिदैँ

१ कात्तिक, काठमाडौं । नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहि मात्रामा मुल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल चालेको हो । अहिलेलाई भारत सरकारसंग गहुँको आयातका बिषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको […]

मुख्‍य समाचार समाज

महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेश गर्न आयोगको निर्देशन

१ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उनिर्वाचनमा महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । ‘स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख […]