५ कार्तिक २०८३, बुधबार
गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाज

तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्यामा वृद्धि

१ कात्तिक, गलेश्वर (म्याग्दी) । यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दसैँसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताए । “असोज २९ देखि […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

१ कात्तिक, धरान (सुनसरी) । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएको छ । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए । उसले भने, “हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आएको […]

मुख्‍य समाचार समाज

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर […]

पर्यटन प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

मन्थलीका होटल भरिभराउ

१ कात्तिक, मन्थली (रामेछाप) । शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ तर मौसम सधैँ एकनास हुँदैन । लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ । यसकारण पर्यटकहरू […]

मुख्‍य समाचार समाचार समाज

धवलागिरिमा अस्ताए रुसी आरोही

१ कात्तिक, म्याग्दी । “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी जानकारी गराएको थियो । संसारको सातौँ आठ हजार […]

खेलकुद मुख्‍य समाचार समाज

बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने

१ कात्तिक, भैरहवा (रुपन्देही) । बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन […]

मुख्‍य समाचार समाचार समाज

दुबईमा मधेशी समूदायले सामूहिक रुपमा मनाए दशैं

१ कार्तिक,  काठमाडौं । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । दुबईमा बसोबास गर्ने मधेशीहरु जम्मा भएर विजयादशमी बनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले   उपस्थित सबैलाई धन्यवाद दिँदै विदेशमा मधेशी समुदायलाई एकताबद्ध गर्न मधेशी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गरे […]

खेलकुद मुख्‍य समाचार समाज

महिला साफ च्याम्पियनसिप : आज अपरान्ह भारत र पाकिस्तान भिड्ने

१ कार्तिक,  काठमाडौँ। महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करणको खेल आज(विहीबार)अपरान्हबाट सुरु हुँदैछ । पहिलो खेल साँझ ५ः३० बजे दशरथ रङ्गशालामा सुरु हुँदैछ । च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग उदघाटन खेल खेल्दैछ । नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिपको‌ आयोजना गरेको हो । नेपालले भोलि शुक्रबार भुटानसँग खेल्दैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, […]

मुख्‍य समाचार समाचार समाज

विदेशमा मृत्यु भएका व्यक्तिको परिवारका लागि आर्थिक सहयोगमा बृद्धि

१ कार्तिक,  काठमाडौं । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम बृद्धि हुने भएको छ । सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । नियमावली संशोधन भएपछि सात लाख रुपैंयाँबाट बढाएर १० लाख बनाइएको हो । वैदेशिक रोजगार […]

मुख्‍य समाचार समाज

चिसो बढ्न थाल्यो, तीनवटा प्रदेशमा सामान्य वर्षाको संभावना

१ कार्तिक, काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएसँगै हल्का चिसो बढ्न थालेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा संभावना पनि देखिएको छ । पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

रिपब्लिका दैनिक र द न्यूयोर्क टाइम्सको सहकार्यमा नेपालमा ‘डिजिटल सब्सक्रिप्शन’ सुरु

काठमाडौं । रिपब्लिका दैनिक र द न्यूयोर्क टाइम्स प्रकाशनले नेपालमा पहिलो पटक ‘डिजिटल सब्सक्रिप्शन’ सुरु गरेका छन् । नेपाल रिपब्लिक मिडियाले विश्व प्रसिद्ध मिडिया द न्युयोर्क टाइम्ससँगको सहकार्यमा नागरिक दैनिक र रिपब्लिक डेलीको डिजिटल सदस्यता सुरु गरेको हो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली […]

मुख्‍य समाचार समाचार समाज

प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि प्रतिबद्व छु : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहमा उनले गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू […]