५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार समाज

गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण माग

१ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरेको छ । स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि विहीबार बसेको बैठकको निर्णयले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण माग […]

मुख्‍य समाचार समाज

निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा पदर्शन जारी

१ कात्तिक, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा प्रदर्शन जारी राखेको छ । कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री नियुक्त गरेर सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार चरम रुपमा असंवेदनशिल  भएको भन्दै मञ्चले गत साउनदेखि लगातार प्रदर्शन गर्दै आएको […]

मुख्‍य समाचार समाज

राष्ट्रपतिद्वारा जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना

१ कात्तिक, बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गरेको छ । यहाँको त्रिवेणी नगरपालिका–७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उसले परापूर्वकालदेखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको आफूले सुन्दै आएको बताए । उसले भने, “आज […]

मुख्‍य समाचार समाज

नेप्से परिसूचकमा सामान्य वृद्धि

१ कात्तिक, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ४७ अङ्कले उकालो लागेर दुई हजार सात सय ४५ दशमलव ३६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३१ अङ्कले उकालो लागेर […]

मुख्‍य समाचार समाज

चुनौतीपूर्ण बन्दै बाच्छा व्यवस्थापन

१ कात्तिक, चितवन। उन्नत जातका गाईको बाच्छा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जन्मेपछि पालनपोषण गरेर पनि उपयोग नहुने भएपछि किसानका लागि बाच्छा व्यवस्थापन झन्झटिलो बनेको हो । खेतबारी जोत्न पनि उपयोगमा नआउने भएकाले कतिपयले बाच्छा जङ्गलमा लगेर छाड्ने गरेका छन् । कालिका नगरपालिकाका राधेश्याम खतिवडा घरमा पालिएको उन्नत जातको गाईको बाच्छो हिँड्डुल गर्नसक्ने भएपछि […]

मुख्‍य समाचार समाज

बझाङको खप्तडछान्ना सञ्चार सम्पर्कविहीन

१ कात्तिक, बझाङ । गत हप्तादेखि बझाङको खप्तडछान्ना गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको छ । गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो । सञ्चार सम्पर्कविहीन भएपछि गाउँबाहिरका आफन्तसँग दसैँको रमाइलो साट्न नपाएको खप्तडछान्ना गाउँपालिका–७ का प्रदीप खड्काले बताए । खप्तडछान्ना गाउँपालिकास्थित गोर्खाली गाउँमा दसैँको दिन […]

मुख्‍य समाचार समाज

लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास

१ कात्तिक, लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तीनमहिने वर्षाबास तथा धार्मक अनुष्ठानको आज समापन भएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित वर्षाबासको समापन गरे । बर्सातको तीन महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिकासहित भिक्षुहरु सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई […]

मुख्‍य समाचार समाचार समाज

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

१ कातिक, खोटाङ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पु¥याई बुबाको शव परीक्षण गराए । जिल्ला अस्पतालदेखि खार्मीसम्मको दूरी १३ किलोमिटर छ । अन्य सामग्री ढुवानी गर्दा बढीमा रु नौ हजारमा ‘रिजर्भ’ […]

मुख्‍य समाचार राजनीति समाचार

तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्माण टिमले बिहीबार बिग मुभिज कमलपोखरीमा एक विशेष कार्यक्रमकाबीच रिलिज गरेको हो । ट्रेलर सार्वजनिक गर्दै निर्देशक सरोज पौडेलले सामान्य बुबाले सन्तानको सपना बोकेर हिड्दाहिड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित रहेर चलचित्र बनेको बताए । उनले  भने,  ‘एउटा सामान्य बुबाले जसले सन्तानको सपना बोकेर हिड्दाहिड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित कथा […]

मुख्‍य समाचार समाचार समाज

चिकित्सा शिक्षा आयोगको दिशा निर्देशन लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलित

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरुले  बिहीबार  आन्दोलन गरेका छन्  । चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरु लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले व्यानरसहित आन्दोलन गरेका हुन् । आन्दोलनमा उनीहरुले  केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर लगायत नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए । विद्यार्थीहरुले  आन्दोलनमा ईन्टर्नरशिप हो की श्रम शोषण हो भनेर  समेत प्रश्न लेखिएको […]

मुख्‍य समाचार समाचार समाज

हिन्दु राष्ट्र घोषणाको माग गर्दै माइतीघरमा धर्ना

काठमाडौं । राष्ट्रवादीहरूको साझा संगठन नेपाल र अनवरत तत्पर फौज (एटिएफ)ले वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । राष्ट्रवादीहरूको साझा संगठनले वैशाख ६ गतेदेखि र एटिएफले असोज २८ गतेदेखि प्रत्येक दिन धर्ना दिँदै आएकोमा असोज २९ गतेदेखि संयुक्त रुपमा धर्ना दिँदै आएका छन् । उनीहरुले संवैधानिक राजसंस्था […]