१६ चैत्र २०८२, सोमबार
समाचार समाज

निजामतीमा सर्वाेत्कृष्ट कर्मचारी भेटिएन, १० जनालाई उत्कृष्ट कर्मचारीको पुरस्कार दिने निर्णय

२२ भाद्र,काठमाडौैं । निजामती प्रशासनमा यो वर्ष सर्वाेत्कृष्ट कर्मचारी छान्न सरकार असफल भएको छ । शनिबार मनाउन लागिएको निजामती सेवा दिवसको अवसरमा सरकारले १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार मात्र दिने भएको छ । निजामती सेवा नियमावलीमा दुई लाख राशीको सर्वाेत्कृष्ट निजामती सेवा पुरस्कार दिने उल्लेख छ । त्यस्तै, १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार दिने […]

समाचार समाज

कुमारी बैंककी कर्मचारीलाई हुन्डी कारोबारको अभियोग

२२ भाद्र, काठमाडौं । कुमारी बैैंककी कर्मचारी तृप्ती राणालाई प्रहरीले हुन्डी कारोबारको अभियोगमा मुद्दा दायर गरेको छ । कुमारीपाटी शाखामा अधिकृतका रुपमा कार्यरत उनलाई प्रहरीले दुई महिनाअघि पक्राउ गरी एक साता थुनामा राखेको थियो । हाजिरी जमानीमा छाडिएकोमा गत सोमबार फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । उनको खातामा स्रोत नखुलेको १७ लाख ९३ हजार […]

समाचार समाज

कैलालीको भासु भिरमा जीप र हाइस एक आपसमा ठोकिए

धनगढी । कैलाली भासु भिरमा जीप र हाइस एक आपसमा ठोकिएका छन् । कैलाली चुरे ३ मा जोरायलबाट धनगढी आउँदै गरेको जीप र धनगढीबाट डडेल्धुरा जादै गरेको हाइस एक आपसमा ठोकिएका हुन्  । कञ्चनपुरका ३२ बर्षीय सुप्रिम रानाले चलाएको म.१ ज.४०७ नम्बरको जीप र डडेल्धुराका २५ बर्षीय दशरथ भट्टले चलाएको सु.प.प्र.०४ ००१ ज.००३४ नम्बरको हाइस […]

समाचार समाज

धनगढीमा एक महिला मृत फेला

२२ भाद्र , काठमाडौँ ।  धनगढीमा एक महिला मृत फेला परेकी छन् । शुक्रबार टीकापुर नगरपालिका-१ घर भई धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी कोठा गरी बस्ने २० वर्षकी सरिता चौधरी मृत फेला परेकी हुन् । उनी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धानको लागि घटनास्थलमा प्रहरी खटिएको […]

समाचार समाज

बैतडीमा करेन्ट लागेर बालकको मृत्यु

२२ भाद्र, बैतडी । बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका-८ बाच्पानीका १२ वर्षीय बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार दिउँसो स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा चराउन गएका उनले समातेको लट्ठी जमिन नजिकै भएर तानिएको विद्युतको तारमा छोइएर करेन्ट लाग्दा मृत्यु भएको स्थानीय डबल बोहराले बताए ।

समाचार समाज

उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व सम्पन्न

२२ भाद्र, जलेश्वर । महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा आज राति उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रूपमा मानिएको यो पर्व आज राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अर्घ्य अर्पण गर्दै सम्पन्न भएको हो । यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि […]

राजनीति समाचार

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका छन् । सो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र कानुनभन्दा दायाँबायाँ नगर्न निर्देशन दिएका हुन् । ‘अहिले तोड्नुपर्ने ठेक्का तोड्न सकिएको छैन […]

समाचार समाज

आज गणेश चतुर्थी पर्व मनाइँदै

२२ भाद्र , काठमाडौँ । भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति […]

समाचार समाज

आज भारी वर्षाको सम्भावना

२२ भाद्र , काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीलाई डा.भट्टराईको १९ बुँदे मागपत्र

काठमाडौँ । नेपाल समाजवादी पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र पेस गरेका छन् । शुक्रबार प्रधानमन्त्री कार्यलयमा उनले विस्तृत शान्तिसम्झौता र नेपालको संविधानको मर्म र भावनाअनुसार बृहत्तर राष्ट्रिय सहमतिका आधारमा शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन […]

अर्थ मुख्‍य समाचार समाचार

गृहमन्त्री लेखक र विश्व बैंक पदाधिकारीबिच भेटवार्ता

काठमाडौं ।  गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ । गृहमन्त्रीको कार्यकक्षमा शुक्रबार भएको भेटमा गृहमन्त्री लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक सिस्लेनसहितका पदाधिकारीबिच भेटवार्ता भएको हो । उनीहरुबीच विश्व बैंकले नेपालको विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो । २०७२ को भूकम्पपछिको पुननिर्माणमा विश्व […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

यौनिक तथा लैङ्गिक अल्पसंख्यकले मनाए ‘इन्द्रेणी तीज’

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले ‘इन्द्रेणी तीज’ मनाएका छन् । ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा काठमाडौंको वालुवाटारमा आयोजित कार्यक्रममा उनीहरुले आफ्नो लैङ्गिक पहिचान खुलाएरै तीज पर्वमा रमाएका हुन् । ‘हाम्रा परम्पराहरूलाई सम्मान गर्दै हाम्रा समुदायभित्रको विविधता र एकतालाई एकसाथ मनाऔँ ।रमाइलो, खानपान र उत्सवको मज्जा नछुट्टाऔँ’ भन्ने नारासहित जम्मा भएका समुदायका व्यक्तिहरुले पहिचान […]